सहकारी संस्थाले वित्तिय क्षमता वृद्धि गर्न आवश्यकःउप्रेती

नवलपरासी, २०७४ मंसिर २६ । राष्ट्रिय सहकारी बैँक लिमिटेडका प्रबन्ध सञ्चालक केवी उप्रेतीले जनताको आर्थिक विकास र सामाजिक रुपान्तरणका गर्न चाहने सहकारी संस्थाले वित्तिय क्षमता बृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बैँकले सोमबार नवलपासीको कावासोतीमा आयोजना गरेको अन्तरक्र्रिया कार्यक्रममा बोल्दै उप्रेतीले यस्तो बताउनुभएको हो । उहाले अर्थतन्त्रको मुख्य आधार स्तम्भका रुपमा रहेको सहकारी हरुलाई वित्तिय सहयोगका साथै शिक्षा, तालिम र सुचना एवं प्रविधिको अधिकतम उपयोग गरी समाज रुपान्तरणमा सहकारीको भुमिका बढाउनुपर्ने बताउनुभयो ।

सहकारी बैँक मार्फत कर्जा लिएर लगानी गर्न, प्रविधि सिकेर नयाँ रोजगारीको अवसर सिर्जना गर्न तथा देशव्यापी रुपमा सहजिकरण गर्न सहकारीहरुलाई सक्षम बनाउनुपर्ने भनाई राख्नुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी बैँकका सञ्चालक तथा नेफ्सुनका महासचिव चन्द्र ढकालले सहकारीहरुको वित्तिय अवस्थामा सुधारका साथै अभियानको समेत सुधारका लागि राष्ट्रिय सहकारी बैँक संग समन्वय गर्न सबै सहकारीहरुलाई आग्रह गर्नुभयो ।

उहाले देशमा रहेको एक मात्र सहकारी बैँकलाई थप प्रभावकारी बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बैँकका सञ्चालक रामबहादुर जिसीले बैँकको संक्षिप्त परिचय, बैँकको वर्तमान अवस्था र आगामी कार्य योजनाका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रम जिल्ला सहकारी संघ लिमिटेड नवलपरासीका सचिव तिलक पराजुलीको अध्यक्षता र बैँकका बुटवल शाखाका प्रमुख नरेश पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नवलपुरका विभिन्न सहकारी संघ संस्थाका १ सय ५० जना सहकारीकर्मीको सहभागीता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *