बिबिध कार्यक्रम सहित धौलागिरी बहुमुखी क्याम्पसको ५४ औ बार्षिकोत्सव सम्पन्न !

कोपिला कंडेल, बागलुङ २०७३ माघ १९ । धौलागिरी बहुमुखी क्याम्पस बागलुङ्गले आफ्नो ५४ औ बार्षिकोत्सव बिभिन्न साप्ताहिक कार्यक्रमका साथ मनाएको छ ।

क्याम्सपले आज एक मृल समारोहको आयोजना गरी बिभिन्न क्याम्पसका उत्कृष्ट कर्मचारी,प्राध्यापक उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थी, र बिभिन्न प्रतियोगितात्मक कार्यक्रमका बिजयी बिद्यार्थीलाई सम्मान एबं पुरस्कृत गरिएको थियो । सो अवसरमा बिद्याबारिधी हासिल गर्ने अर्थशास्त्र संकायका सह प्रध्यापक डा. सुर्दशन सिलवाल, मानविकी संकाय तर्फका उप प्रध्यापक डा. ईश्वरी प्रसाद कंडेल र बरिष्ठ कर्मचारी गुरु प्रसाद कंडेललाई प्रशंसा पत्र सहित दोशल्ला ओडाएर सम्मान गरिएको थियो । उत्कृष्ट एबं सम्मानित सबैलाई क्याम्पस ब्यवस्थापन समितिका उपाध्यक्ष एबं समाजसेवी देब बहादुर श्रेष्ठ र क्याम्पस प्रमुख राम प्रसाद उपाध्यायले पुरस्कार एबं सम्मान प्रदान गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै क्याम्पस ब्यवस्थापन समितिका उपाध्यक्ष एबं समाजसेवी देब बहादुर श्रेष्ठले क्याम्पसको बिकास एबं शैक्षिक गुणस्तरका लागि सबैको सहकार्य र समन्वय हुनुपर्ने बताए । उनले मुलुकमा उत्पन्न राजनितिक अस्थिरताको असर शैक्षिक क्षेत्रमा समेत पर्न गएको चर्चा गर्दै अवको शिक्षा प्रणाली बैज्ञानिक र व्याबहारीक हुनुपर्नेमा जोड दिए । उनले क्याम्पसका उत्पन्न सबैखाले समस्याको साझा अभियानको माध्यमबाट समाधान गर्नुपर्ने बताए ।
कार्यक्रममा जिल्लामा क्रियाशील राजनीती दलका प्रतिनिधीहरु, पत्रकार, विभिन्न विद्यार्थी संघ संगठनहरुका प्रतिनिधी, प्राध्यामक संघ, कर्मचारी संघ लगायतले बोलेका थिए ।

कार्यक्रम क्याम्पस प्रमुख उपाध्यायको अध्यक्षता, बिद्यार्थी कल्याण मञ्चका प्रमुख हरि प्रसाद पाण्डेको स्वागत मन्तब्य र सहायक क्याम्पस प्रमुख तिलक प्रसाद कंडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *