गुल्मीमा बामगठबन्धनको अग्रता : क्षेत्र नं २ को प्रदेश ख मा एमालेका केसी विजयी !

कौरव खत्री, गुल्मी २०७४ मंसिर २३ । गुल्मीको प्रतिनिधी सभा क्षेत्र नं २ को ख प्रदेशमा बामगठबन्धनका खडग केसी बिजयी भएका छन् । उनले लोकतान्त्रिक गठबन्धन नेपाली कांग्रेसका शालिकराम पन्थीलाई ४ हजार ४ सय ९२ मत अन्तरले पराजित गरेका हुन् । एमालेका केसीले १६ हजार १ सय ६५ र पन्थीले ११ हजार ६ सय ७३ मत प्राप्त गरेका छन् ।

मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका र रेसुङ्गा नगरपालिकाका ६ वटा वडा मिलाएर बनाइएको प्रदेश सभामा ठुलो मत अन्तरले केसी विजयी भएका हुन ।

२०१४ साल असार ३ गते गुल्मीको मुसिकोट जन्म भएका केसी पटक पटक आन्दोलनका क्रममा प्रहरीको हिरासत र जेल चलान भएका गुल्मीका पुराना वाम नेता हुन ।

प्रतिनिधी सभा क्षेत्र नं १ मा एमालेका प्रदिप ज्ञवालीको १५ हजार ४ सय ८५ र कांग्रेसका चन्द्र भण्डारीले १२ हजार ९२ मत प्राप्त गरेका छन् । त्यस्तै प्रतिनिधी सभा २ का एमालेका उमेदवार गोकर्ण बिष्टको २० हजार २ सय ८३ र कांग्रेसका चन्द्र केसीको १० हजार १ सय २६ मत रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *