पर्वत जिल्लामा साँझ ६ बजेबाट मतगणना सुरु !

महेन्द्र केसी, पर्वत २०७४ मंसिर २२ । पर्वत जिल्लामा ढिलोगरी मतगणना सुरु भएको छ । दोस्रो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना कार्य लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु ढिला गरी सहभागी भएपछि मत गणना कार्य प्रभावित भएको हो ।

दिउँसो २ बजे मत गणना कार्य शुरु गर्ने भनिएता पनि उम्मेदवारहरुकै कारण बेलुका साँझ ६ बजेबाट मात्रै शुरु भएको हो ।
प्रदेशसभा २ र प्रतिनिधिसभा १ रहेको पर्वत जिल्लामा दुवै तर्फको मत गणना कार्य शुरु भएको छ ।

मतगणना स्थल वरपर सुरक्षा व्यवस्था निकै प्रभावकारी बनाइएको छ । कुल मतदाता १ लाख ७ हजार ३ सय मतदाता रहेको पर्वतमा ६९ हजार ८ सय ५३ मत खसेको थियो जुन । कुल संख्याको ६५ं.१ प्रतिशत मत हो ।

क्षेत्र नं १ मा ३९ हजार ३ सय ६१ र क्षेत्र न. २ मा ३० हजार ४ सय ९२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *