म्याग्दीमा सबै बाम उमेदवार विजयी !

म्याग्दी २०७४ मंसिर २२ । छिमेकी जिल्ला म्याग्दीमा प्रतिनिधी सभासदस्य र २ प्रदेशसभा सदस्य पदमा बाम गठबन्धनका उमेदवार विजयी बनेका छन् ।

पछिल्लो मत परिणाम अनुसार एमालेका भूपेन्द्र बहादुर थापाले २३३०८ मत प्राप्त गरेर विजयी बनेका छन् भने उनका निकटतम प्रतिव्दन्दी काँग्रेसका खम खर्बुजाले २०९८० मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदश सभा क मा बामका बिनोद केसी १४७०४ मत ल्याएर राप्रपाका भीम प्रसाद गौचनलाई पराजीत गरेका छन । गौचनले जम्मा १२१७५ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा ख मा बामका नरदेवी पुन विजयी भएकी छन्। पुनले १०८७२ मत प्राप्त गरेकी छन भने उनका प्रतिव्दन्दी नेपाली काँग्रेसका अमलाल फगामी पुनले ७९९० मत प्राप्त गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *