‘गीता कुनै धर्म विशेषको मात्र ग्रन्थ होइन, यो एउटा वैज्ञानिक पुस्तक हो’

बागलुङ, २०७३ पुस १५ । गीता जयन्तीको अवसर पारेर नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल), बागलुङ शाखाले पुस १५ गते नयाँ जिवन पुर्नस्थापना केन्द्र, कुँडुले बागलुङमा भर्ना भएका ५५ व्यक्तीहरुसहित सेवारत कर्मचारीलाई ८० थान श्रीमद्भगवद्गीता यथारुप ग्रन्थ वितरण गरेको छ । गीता जयन्तीको अवसर पारेर केन्द्रमा रहेका ५५ जना र कर्मचारीलाई समेत गरि ८० थान भागवत् गीता प्रदान गरिएको शाखाले जनाएको छ ।

केन्द्रमा संयोजक र शाखाको आयोजनामा गीता वितरण कार्यक्रम सम्पन्न भएको शाखाका अध्यक्ष एवम् (इस्कोन, नेपाल) का युवा प्रचारक श्री परमेश्वर अच्युत दासले बताए ।

सो अवसरमा दासले गीताको महत्वबारे प्रकाश पादैँ गीताको अध्ययनबाट सम्पूर्ण मानव समाजलाई सहि दिशामा अगाढि बढाउन सकिने बताएका थिए ।
‘गीता कुनै धर्म विशेषको मात्र ग्रन्थ होइन, यो एउटा वैज्ञानिक पुस्तक हो’ दासले भने ‘गीतामा रहेको सबै ७ सय श्लोक पूर्ण रुपमा व्यवहारिक छन् ।’

उनले विभिन्न कारणले पुर्नस्थापना केन्द्रमा पुग्नुभएका व्यक्तिहरुमा सकारात्मक सोँच र उर्जाको विकास गराउन गीता वितरण गरिएको उल्लेख गरे ।

कार्यक्रममा सहभागीले गीता जस्तो पवित्र र महत्वपूर्ण ग्रन्थ प्राप्त गर्दा खुसी लागेको प्रतिक्रिया दिएका थिए ।

उनीहरुले गीताको मर्म र सारलाई आत्मसाथ गरि जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रतिवद्धता समेत जनाएका थिए ।
आगामी दिनमा पनि यस किसिमका रचनात्मक र प्रेरणादायी कार्यक्रम पुर्नस्थापना केन्द्रमा ल्याउन समेत माग गरेका थिए । केन्द्रका व्यवस्थापक सचिन खड्काले (इस्कोन) समाजमा सह्रानीय कार्य गरेको बताए । केन्द्रमा गीता वितरण गरेकोमा उनले (इस्कोन) बागलुङ शाखालाई धन्यवाद ज्ञापन गरेका थिए ।
यसअघि, शाखाले बागलुङ कारागारका बन्दीहरुलाई समेत भागवद् गीता वितरण गरेको थियो । श्रीम्द भाववत् गीतालाई हिन्दु मात्र नभएर अन्य समुदायले पनि पवित्र ग्रन्थको रुपमा लिने गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.