‘धौलागिरि मायालु हिमालको काखैमा…’शिर्षक नौमतीवाजाको छायाङ्कन !

बागलुङ २०७३ पुस १४ । युवा समाजसेवी एव कलाकार लक्ष्मण श्रीको धौलागिरि मायालु हिमालको काखैमा शिर्षक नौमतीवाजाको बागलुङमा छायाङ्कन गरिएको छ । धौलागिरि अञ्चलका सवै जिल्ला र ती जिल्लामा रहेका पर्यटकीय स्थलहरुलाई गीत संगित मार्फत स्थापित गर्न र पर्यटन प्रवद्र्धनमा सहयोग पु¥यानका लागि रचित गीतको बागलुङका बिभिन्न स्थानमा छायाङ्कन गरिएको हो ।

पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाका बिभिन्न स्थानलाई आधार बनाएर लेखिएको पर्वत, बागलुङ, मायालु म्याग्दी र मुस्ताङमा, नाचौ गाउँ मायालु यहि सुन्दर स्थानमा, धौलागिरि मायालु हिमालको काखैमा, आफ्नो ठाउँको मायालु झझल्को आँखैमा गीतको बागलुङको पर्यटकिय स्थल पञ्चकोट र बागलुङ सदरमुकामका बिभिन्न स्थानमा छायाङ्कन गरिएको कलाकार लक्ष्मण श्रीले बताउनुभयो । उहाले आफ्नै ठाउको प्रचार प्रसारका लागि र पर्यटकीय रुपमा बिश्व सामु चिनाउनका लागि गीत लेखिएको र छायाङ्कन पनि यहि गरिएको बताए । पुरानो लोक संस्कृति नौमती बाजाको पहिचानलाई सम्मान गर्दै धौलागिरिको पहिचानलाई केहि रुपमा भए पनि संगीत र भिडियो मार्फत स्थापित गर्न जिल्लामा नै छायाङ्कन गरिएको श्रीको भनाई रहेको छ ।

गीतमा लक्ष्मण श्री र कृष्ण परियारको स्वर रहेको छ भने अभिनय गीतकार स्वयं श्री र पार्वती राइले गरेका छन् । गीतमा शिव बिकको निर्देशन, शम्वु चालिसेको छायाँकन, हाम्रो कला केन्द्र पर्वत, म्याग्दी र बागलुङका कलकारहरुको कोरस नृत्य, बिवि अनुरागीको एरेन्ज तथा लक्ष्मण श्रीकै शव्द संगितमा निर्माण हुन लागेको म्युजिक भिडियो छिट्टै बजारमा आउने श्रीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.