संकमणकालीन न्यायको अभिमुखिकरण मुद्दामा नियमित सहयोगको आग्रह !

पर्वत, २०७३ माघ १८ । व्दन्दपीडित र सरोकारवालाहरु लागि एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि यवं सामाजिक बिकास अधिकृत लिलाधर सुबेदीले बिस्तृत शान्ति सम्झौता अनुरुप पीडितको लागि राज्यले प्रभाबकारि भुमिका खेल्न नसकेको बताए । उनले पीडित समाज र सत्कर्म नेपालले यसका लागि महत्वपुर्ण भुमिका खेलेको बताए ।

कार्यक्रममा बोल्दै नागरिक समाजको संयोजक राजेन्द्र ढकालले पीडितको लागि सहयोग र सहजिकरण नियमित आवश्यक भएको बताए ।
संक्रमणकालीन न्यायको बर्तमान अवस्था, न्याय संयन्त्रको लागि बनेको आयोगको भुमिका, पीडितको पंहुचको प्रकृयाको अवस्था, र आगामि भुमिकाको सवाल पहिचानका बारेमा उनले प्रकाश पारेका थिए ।

तालिमको सहजिकरण, अधिबक्ता काजिगाउले श्रेष्ठ, शरदा पौडेल, र अधिकारकर्मी, सीताराम थापाले गरेका थिए ।

सहजिकरणमा सहजकर्ताहरुले पीडितहरुले आयोगमा उजुरी भर्न, त्यसपछि आयोगले पत्र पठाउदा, उतर दिन सहजिकरणमा कमि हुनु, नयां वास्तविक पिडितहरु राहत बाट छुट्नु, अझै केही पीडितहरु उजुरि भर्न नसक्नु, नियमित सुचनाको अभाब हुनु जस्ता सवालमां पीडितको न्यायमा पंहुच पुर्याउन र परिपुरण उपलब्ध गर्न नियमित सहयोग गर्न आग्रह गरेका थिए । अधिकारकर्मी थापाले , पीडितको परिपुरण,राहात, पुनस्र्थापना र अभियोजन बारे छलफल गरि पीडितको चाहना पहिचान र बर्गिकरण गरि राज्का निकाय र आयोगलाई सिफारिस पीडितमै तर्फबाट गरिनु पर्ने यसको लागि प्रयासरत रहने बताए ।

तालिमको समापनमा, पत्रकार महासंघका अध्यक्ष, दुर्गा शर्मा, महिला मानव अधिकार रक्षकको संवाल संयोजक सीता केसि, सान्ति समिति पुर्व संयोजक मनोहर बि पौडेल लगायतले बोलेका थिए ।

सत्कर्म नेपाल, द्दन्दपीडित अधिकार समाज, अनौपचारिक क्षेत्र सेवा केन्द्र, जवाफ देहिता निगरानि समिति र मानव अधिकार रक्षकको संजालको संयुक्त आयोजनामा सम्पन्न अभिमुखिकरण तालिमको अध्यक्षता व्दन्दपीडित समाज अध्यक्ष, याम बहादुर चोचांगी, संचालन सत्कर्म नेपालका अधिकृत श्रीकृष्ण पौडेल र स्वागत ईन्सेक प्रतिनिधि, किसोर साप्कोटाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.