राष्ट्रिय उद्योग व्यापार संगठनको गाउँपालिका भेला निसी र तमानमा !

कृष्ण कँडेल, बागलुङ २०७३ माघ १८ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको तमानखोला गाउँ पालिका स्तरिय भेलाले नयाँ कार्यसमिति गठन गरेको छ ।

भेलाले नरकुमार गोतमेको अध्यक्षतामा २५ सदस्यीय प्रथाम भेला आयोजक समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा संकर रसायली, सचिव होमबहादुर घर्ती, सहसचिव भेजेन्द्र पुन र कोषाध्यक्ष अमृता गिरि रहेका छन् । यसैगरी सूर्य सिरपालीको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति र लकदेवी गोतामेको संयोजकत्वमा ५ सदस्यीय महिला उद्यमी समिति गठन गरिएको छ ।

कार्यक्रम नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय सदस्य तथा जिल्ला संयोजक रतन मलेपती,े नेकपा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य सूर्य सिरपाली र दलित सञ्जालका लिलबहादुर सुनारले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम शंकर रसाईलीको अध्यक्षता, अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष तारा घर्ती मगरको स्वागत र नेपाल राष्ट्रिय उद्योग व्यापार संठनका जिल्ला सहसंयोजक बाबु डियर हमालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यता निसीखोला गाउँपालिकामा सम्पन्न भेलाले कृष्णबहादुर शाहीको अध्यक्षतामा २१ सदस्यीय गाउँपालिका स्तरिय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रामप्रसाद पौडेल, सचिव हिराबहादुर पुन र कोषाध्यक्ष सुनकुमारी घर्ती रहेका छन् ।

यस्तै प्रेमबहादुर घर्तीको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति र सुनकुमारी घर्तीको संयोजकत्वमा ३ सदस्यीय महिला उद्यामी समिति गठन गरिएको छ ।

कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय पार्षद् राजबहादुर थापा, प्रदेश नम्बर–४ का सदस्य अर्जुन चोखाल, माओवादी केन्द्रका जिल्ला सम्मेलन आयोजक समिति सदस्य नन्दबहादुर चन्द र व्यवसायी रामप्रसाद पौडेलले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम कृष्णबहादुर साहिको अध्यक्षता, जानसिंह कुँवरको स्वागत र हिराबहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.