काँग्रेस नेता भण्डारीले गरे आफ्ना पहलमा भएका ४२ पुलको विवरण सार्वजनिक

कौरव खत्री, गुल्मी २०७४ मंसिर १४ । नेपाली काँग्रेस क्षेत्र नम्बर १ प्रतिनिधि सभाका उम्मेदवार चन्द्र भण्डारीले जिल्लामा भएका विकास निर्माणका कामहरुलाई सकारात्मक रुपमा लिनको लागि अनुरोध गरेका छन् ।

विकास निर्माणका कामहरु आफ्नो पहलमा भएको भएपनि त्यसको उपभोग गुल्मेली जनताहरुले गर्ने भएकोले विकासका काममा पार्टीको रङ्ग नलगाई सम्पूर्णले उपभोग गर्न समेत अनुरोध गरेका छन् ।

केही समयअगाडि जिल्लामा भएका विकासका क्रममा गरिएका कामहरु भन्ने क्रममा जिल्लामा निर्माण भएका र हुन लागेका पुलहरूको बारेमा अपाच्य टिप्पणीहरु आउनाले आफू दुःखी भएको बताएका छन् ।

उम्मेदवार भण्डारीले आफ्नो पहलमा निर्माण भएका र निर्माण हुने पुलहरुका बारेमा जनताहरु माझ प्रस्ट पारिदिनको लागि अनुरोध गरेका थिए ।

उनका अनुसार निम्न अनुसारका पुलहरू जिल्लामा निर्माण भएका र निर्माण हुने अवस्थामा रहेको बताएका छन् ।

निर्माण क्रममा रहेका पक्की पलः
१. बरीगाढ नदी पक्की पुल, सिस्ने, हुँगा
२.बडीगार खोला पुल, उल्लीखोला
३. बरीगाढ खोला पुल, चोरकाटे
४. लूदीखोला पुल, रिडी–रुद्रवेनी–वामीटक्सार
५. कालीगण्डकी पुल, पूर्तिघाट
६. कालीगण्डकी पुल, रिडी बजार
७. तालखोला पुल, रिडी
ठेक्कापट्टा भई निर्माण सुरु हुने क्रममा रहेका पक्की पुल
८. बरिगाढ खोला पूल, साहघाट, लिम्घा–हँसरा
९. मलागिरी खोला पूल, खाम्सेपानी, सुर्यटारी सडक
१०. करपाटा घोर्ले जोड्ने पुल, दरवार देविस्थान
११. दरमखोला पूल, अर्लाङ्कोट, र रिघा जोड्ने
१२. निस्ती पुल, पराल्मी–इन्द्रेगौँडा जोड्ने
डिजाइनको क्रममा रहेका चालु आ.व. २०७४÷७५ मा ठेक्कापट्टा हुने पुल
१३. बरिगाढ पुल खैरेनी बोटेगाउँ
१४. पुर्खे गुलाम पुल, गौँडाकोट
१५. हुग्दीखोला पुल, शान्तिपुर–हर्राचौर
१६. सेतीवेनी पुल, स्याङ्जा कालीगण्डकी पुल
१७. तम्घास खोलामा पुल १ र ८ जोड्ने
१८. पतिखोला पुल
१९. पूर्तिघाट पुल, पालुङ्गा
२०. भुवाचिदी वडागाउँ जोड्ने वरिगाढ नदी पुल
२१. वामी सुदी १ र मुसीकोट ६ जोड्ने वडिगाड खोला पुल
२२. तिनमुखे पुल, रिडी (निर्माणाधिन)
२३. त्रिवेणी पुल (पटौटी, खज्याङ्ग, तम्घास सडकं)
२४. राङ्वास पुल (पटौटी, खज्याङ्ग, तम्घास सडकं)
२५. त्रिवेणी दोस्रो पुल÷पटौटी खज्याङ तमघास निर्माणाधिन)
२६. दुर्गाखोला पुल (पटौती–खज्र्याङ्ग–तम्घास सडक, ठेक्का भई कार्य हुने)
२७. सौर्यखोला चिदिका (पटौती–खज्याङ्ग–तमघास सडक (सर्वे डिजाइन सम्पन्न २०७४÷७५)

२८. सौरेते खोला, खज्र्याङ्ग (ऐ.ऐ.)
२९. लुङ्खोला झोलुङ्गे पुल (भार्से–ग्वाघा)
३०. अर्जेन्ती खोला झोलुङ्गे पुल (दिव्रुङ–ग्वाघा)
३१. भूतिया खोला झोलुङ्गे पुल, फोक्सिङ्ग
३२. सिउरेदीघाट झोलुङ्गे पुल, ठूलो लुम्पेक
३३. अमर अर्वाथोक दोभई पक्की पुल निर्माणाधिन (क्रमागत)
डि.पि.आर. भइरहेका पुल
३४. भार्से खोला पुल, जुनिया
३५. हुँगा सत्यवती पाञा पुल
३६. अरौँदी खोला पुल
३७. रिडी खोला पुल
३८. कालीगण्डकी पुल (हर्मिचौर–मिर्मि)
३९. उल्लीखोला पुल (हुँगा–बलेटक्सार)
४०. झेदी पक्की पूल (वडागाउँ–वामीटक्सार)
४१. घमिर खोला पुल
४२. खज्र्याङ्ग खोला पुल

यसैवीच नेपाली काँगे्रसका नेता तथा गुल्मी निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार चन्द्रबहादुर केसीले मुसिकोट नगरपालिका १ को थामडाँडामा चुनावी सभालाई सम्वोधन गर्दै विनास गर्नेलाई होइन विकास गर्नेलाई रोज्न जनताहरुलाई आग्रह गरेका छन् ।
नेता केसीले गुल्मीको विकासको सुरुवात आफैले गरेको भन्दै अव गुल्मीको समृद्धि र विकासलाई अगाडी बढाउनका हरदम सक्रिय रुपमा लागि रहने बताए ।

आफ्नो पार्टी नेपाली काँग्रेसले देशका हरेक परिर्वतनका लागि अगुवाई र नेतृत्वदायी भूमिका खेलेरै देशको प्रजातन्त्र र लोकतन्त्रलाई संस्थागत गर्न आफूलाई सहयोग गर्न मतदाताहरुलाई आग्रह गरे ।

साथै उम्मेदवार केसीले गुल्मेली जनताहरुलाई झुठा कुराको पछाडी नलाग्न आग्रह गर्दै अव जनताहरु धेरै सचेत र कुरा बुझ्ने भएकोले विकासका लागि काँग्रेसको विकल्प नभएको बताए ।

उनले आफू पनि लामो समय प्रजातन्त्र र लोकतन्त्र ल्याउन आफूले जेलनेल खाएर प्रजातन्त्रको लागि लडेको भन्दै अहिले प्रजातन्त्रलाई संस्थागत र समृद्धि एव विकासका लागि काँग्रेसलाई जिताउनु जरुरी रहेको बताएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.