नेपाल माध्यमिक विद्यालय ताराको वि.ब्य.समितीको अध्यक्षमा पुन: खत्री !

खगेन्द्र विश्वकर्मा, गल्कोट २०७३ माघ १८ । नेपाल माध्यमिक विद्यालय ताराको आज सम्पन्न अभिभावक भेलाले पुनः दिवस खत्रीको अध्यक्षतामा ८ सदस्यीय बिध्यालय ब्यबस्थापन समिती गठन गरेको छ। समितिको सदस्यहरुमा खगराज सापकोटा , लिलामाया बि क , सीता सपकोटा ,सपना देवी बुढाथोकी ,देब प्रसाद घर्ती , शिक्षक प्रतिनिधिमा लोक बहादुर क्षेत्री र सदस्य सचिबमा प्रधानाध्यापक भिमनाथ सुवेदी रहेका छन् ।

यसैगरी भेलाले नरेश के सी , कर्ण बहादुर चोखाल,डिल बहादुर घर्ती ,नर बहादुर थापा र पदम कुमारी गौचनलाई सल्लाहकार समितिमा चयन गरेको छ ।

भेलाले धन बहादुर खत्री को अध्यक्षता मा ११ सदस्यीय शिक्षक अभिभावक संघको समेत गठन गरेको छ । सदस्यहरुमा डम्बर बहादुर घर्ती , ओम बहादुर खड्का , फुलमाया घर्ती, यम कुमारी थापा, धन प्रसाद बुढा, बल्लबी घर्ती ,प्रेम बहादुर घर्ती र सदस्य सचिबमा शिक्षक जित बहादुर खत्री र पदेन सदस्य मा प्र अ भिमनाथ सुबेदी र बि ब्य स अध्यक्ष खत्री रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी स्रोत ब्यक्ति डिल्ली प्रसाद शर्माले संशोधित शिक्षा ऎन अनुसार बिध्यालय ब्यबस्थापन समिती गठन प्रक्रियाको बारेमा जानकारी गराउदै बिध्यालय ब्यबस्थापन समिति बिध्यालयको शैक्षिक, भौतिक, बिकास मा तल्लीन रहनु पर्ने कुरामा जोड दिएका थिए।
कार्यक्रममा नब गठित बि ब्य स का सदस्य लिलामाया बि क, अध्यक्ष दिबस खत्री र शिक्षक अभिभावक संघका अध्यक्ष धन बहादुर खत्रीले प्रतिबद्धता मन्तव्य र बिध्यालय का प्र अ भिमनाथ सुवेदी ,सल्लाहकार सदस्य नरेश के सी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भेला निवर्तमान शिक्षक अभिभावक संघका संयोजक कर्ण बहादुर चोखालको अध्यक्षता, शिक्षक राम लाल सुवेदीको संचालन र शिक्षक दीपेन्द्र पौडेल को स्वागतमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.