सिवाईसीमा नया जनशक्ति तथा पूर्व सेवाकालीन तालिमको सुरुवात !

सुमन जि.सी.बागलुङ, २०७३ माघ १८ । चारतारे युवा क्लव सिवाईसी नेपालले सञ्चालन गरिरहेको लघुवित्त कार्यक्रमलाई थप प्रभावकारी र गुणस्तरीय बनाउन तथा संस्थाका शाखा कार्यालय विस्तार र आवश्यक संस्थागत क्षमता अभिवृद्धिका लागि संस्थाको सिद्धान्त अनुसार लिखी्ित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा सम्पन्न गरी अधिकृत र जुनीयर सहयाक तहका १३ जना कर्मचारीहरु नियूक्ती गरेको छ ।

संस्थाले यसरी नियूक्त कर्मचारीहरुका लागि संस्थाको परिकल्पना, लक्ष्य, ध्येय, उद्देश्य, संस्थागत संरचना, काम कर्तव्य र अधिकार, कार्य पद्धती, लघुवित्त कार्यक्रम सञ्चालन प्रकृया यसका चुनीती अवसरहरु, कानुनी संरचना, कार्यालय व्यवस्थापन लगाएतका आधारभुत, सैद्धान्तीक र व्यवहारीक पक्ष समेटेर ५ दिने नेतृत्व विकास तथा पूर्व सेवाकालीन तालिम कार्यक्रमको मङ्गलवार देखि बागलुङ बजारमा सुरुवात गरेको छ ।

प्रत्येक ब्यक्तिमा रहेका अन्तर निहित विकास र परिवर्तनका संभावनाहरुलाई उपर्युक्त वातावरण र अवसर सृजना गरी लघुवित्त कार्यक्रमको माध्यमबाट गरिबी न्यूनिकरणमा योगदान गर्न सक्ने दक्ष र सिर्जनशिल मानविय श्रोतको उत्पादन गर्ने तथा देशमा मौलाउदै गएको नकरात्मक धारणाहरुलाई सकरात्मक धारणामा परिवर्तन गर्र्ने अभिप्रयाले तालिमको आयोजना गरिएको प्रवन्धक संगिता शर्मा पौडेलले बताईन ।

तालिम कार्यक्रमको सहजिकरण संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा, कार्यसमिति सदस्य सीता शर्मा, प्रवन्धक संगिता शर्मा पौडेल, सिनियर आन्तरीक लेखा परीक्षक मुक्तिप्रसाद शर्मा, सि. सुचना तथा प्रविधि सहायक सुमन जि.सी लगाएतले गर्ने संस्थाले जानकारी दिएको छ ।

जिल्लाको तित्याङ गाविसमा २०४९÷०६÷२६ मा स्थापीत संस्था हाल पश्चिमाञ्चलका ६ वटा जिल्लाका ३८ हजार गरिव तथा विपन्न परिवार माझ प्रतक्ष्य रुपमा लघुवित्त कार्यक्रम सञ्चालन गरी देशको गरिवी न्यूनीकरणको लक्ष्यलाई सघाउ पु¥याउदै आएको छ । बागलुङ बजारमा केन्द्रिय कार्यालय रहेको संस्थाका हाल १९ वटा शाखा कार्यालय, १४३ जना पुर्णकालीन कर्मचारी, ३९ करोड बचत, ९० करोड लगानीमा रहीरहेको ऋण, ४ करोड संस्थागत कोष र १ अरब बराबरको सम्पती रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.