प्रवास : अस्ट्रेलियामा बढ्दो घरेलु हिंसा न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न !

प्रभा श्रेष्ठ, मेलबर्न २०७४ मंसिर ११ । (२५ नोभेम्बर), दिदीबहिनी समाज भिक्टोरियाव्दारा बढ्दो घरेलु हिंसा न्यूनिकरणका संभाबित उपाय र रोकथामलाई केन्द्रबिन्दु बनाएर यस क्षेत्रका नेपाली र अस्ट्रेलियाली बिज्ञहरुलाई सहभागी गराएर घरेलु हिंसासम्बन्धी कार्यक्रम आयोजना गरियो ।

कार्यक्रममा भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनले पितृसत्तात्मक संस्कारबाट आएको कारण हाम्रो समाजको घरेलु हिंसामा नेपाली संस्कारले निरन्तरता पाएको पाइने बताए । उनले नकारात्मक शक्ति बढी भएकाले जथाभावी लेख्ने र बोल्ने कामले सामाजिक हिंसा बढाउनेतर्फ इंगित गर्दै संस्थाको स्थापना कालदेखि नै यस्का उद्देस्य प्राप्ती कार्यमा आफ्नो पूर्ण सहयोग रहेको र यस्लाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरे ।

मोरल्याण्ड सिटी काउन्सिलका मेयर जोन कभानाघले दिदीबहिनी समाज भिक्टोरियाव्दारा गरिने कार्यक्रम प्रभावकारी हुने भएकोले काउन्सिल योसंग मिलेर काम गर्न पाउँदा खुशी लागेको र आगामी दिनमा यस्का कार्यक्रमहरुमा सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा इन टच मल्टिकल्चरल सेण्टर अगेन्स्ट फेमिली भायलेन्सका एक्जेक्युटिभ प्रोग्राम मैनेजर श्रीमती रोशन भण्डारी, अस्ट्रेलिया पुलिसका घरेलु हिंसा युनिटका सिनियर सर्जेण्ट तानिया गलाघर, नर्दन कम्युनिटी लेगल सेण्टरका मैनेजर हिथर म्याक्लिन, साइकिआट्रिस्ट कन्सल्ट्याण्ट डा अनुपम पोखरेल, बेरी स्ट्रीटका घरेलु हिंसा प्राक्टिसनरशोभा लम्सालले आ(आफ्नो क्षेत्रबाट बिशेष प्रस्तुती गरेका थिए ।

प्रस्तुतिपछि प्रदान गरिएको केस स्टडीमा समूहगत छलफल गरी समस्या समाधानमा आफूले के योगदान गर्न सकिने भनीसुझाबहरु सुझाइएका थिए ।

दिदीबहिनी समाज भिक्टोरियाका अध्यक्ष जमुना पराजुलीव्दारा स्वागत गरिएको र कोषाध्यक्ष प्रभा श्रेष्ठव्दारा धन्यवाद ज्ञापन गरिएको उक्त कार्यक्रममा लुम्बिनी कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठ, वि पी चिन्तन प्रतिष्ठान अष्ट्रेलियाका सभापति दुर्गा आचार्य, एनआरएन अस्ट्रेलियाका केन्द्रिय सदस्य निराजन गौली, एनआरएनभिक्टोरियाका सचिब गौतमा लामिछाने, क्रेगिबर्न नेपाली समाजका प्रेम प्रशाद कंडेल आदिको उपस्थिति थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.