प्रहरीको खोरमा बाख्रा चोर !

म्याग्दी, २०७३ माघ १८ । यहि माघ ११ गते बेनी नगरपालिका काउले गौँडाबाट बाख्रा चोरी छिमेकी पर्वत जिल्लाको माझफाँट गाविस मालपाटा लगेर विक्री गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेका छ ।

म्याग्दीको बेनी नगरपालिका–१० काउलेगौंडाका ४५ वर्षीय रत्ने भन्ने बिमल सार्कीलाई बेनपा–१० की मनकुमारी विकको खोरबाट बाख्रा चोरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

यही माघ ११ गते राती पीडित मनकुमारीको बाख्रा खोरबाट ३ वटा बाख्रा चोरेर मालपाटास्थित जङ्गबहादुर परियारलाई रु १६ हजारमा बिक्री गरेको प्रहरीले जनाएको छ । अभियुक्त सार्कीलाई जंगबहादुरको घरमा रात बिताएको अवस्थामा सोमबार जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी अधिकृत धनबहादुर कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरी चोरी मुद्दा अन्तर्गत कार्वाही प्रक्रिया अगाडि बढाइएको म्याग्दीका प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *