अष्ट्रिच आयो, ऊँट र चौँरी हरायो : स्टलेहरुले पोका पुन्टुरा कसे !

महेन्द्र केसी, पर्वत २०७३ माघ १८ । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवका छौठौं दिनमा आयोजकले कनीकनी बाध्यताले अष्ट्रिच चरो महोत्सव स्थलमा ल्याएको छ।

महोत्सवको प्रचारका क्रममा अष्ट्रिच, ऊट र चौरी प्रदर्शनीमा राख्ने भनिएको थियो तर महोत्सव शुरु भएको पाँचौ दिनसम्म यस्को व्यवस्थापादन गर्न सकेका थिएनन् । स्थानीय एक पत्रिकामा ल्याईएको समाचार सम्प्रेषण गर्न लगाई आयोजकहरु आफनो नादानी प्रकट गरिरहेका थिए । आज अष्ट्रिच चरा प्रदर्शनीमा राख्न आयोजक सफल भएपनि ऊट र चौरी भने नआउने पक्कापक्की भैसकेको छ । लाज छोप्नको लागि भएपनि आयोजकले अष्ट्रिच चरा भित्राएको छ ।

स्टल राखेर बसेका व्यापारीहरु सरसामान पोको पार्न थालेका छन् । व्यापार नभएपछि लघुउद्यमीहरु निराश छन् अन्य पनि आफ्नो आवातजावात खर्च समेत नउठ्ने चिन्तामा छन् ।

महोत्सवमा उत्साहजनक जन उपस्थिती देखिन्न । आज महोत्सवको छैठौ दिन दर्शकको चाप पनि न्यून छ । अर्को तिर मौसमले पनि आज साथ नदेला जस्तो भएकाले पासवालहरु बाहेक टिकटवालाहरु लोकदोहोरी स्थलमा दोहोरी गीत सुन्न आउने सम्भावना छैन ।

व्यवस्थापकीय कमजोरीका कारण महोत्सव केवल लोकदोहोरी भेला बन्न पुगेको आयोजकप्रति टिप्पणी भैरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *