साताको तस्वीर : रुप्से छहरा !

म्याग्दी जिल्लाको दाना गाविसमा रहेको रुप्से छहरा (झरना) विश्वकै आकर्षक पर्यटकीय गन्तव्य मानिन्छ । यो छहरा ३ सय मिटर उचाईबाट झरेको छ । सदरमुकाम वेनी बजार देखी झण्डै ३० किलोमिटरको दुरीमा रहेको रुप्से छहरा, वेनी-जोमसोम सडक मार्गमा पर्दछ ।

रुप्से छहरा नजिकै कालीगण्डकीले कटान गरी बनाएको ६ हजार ९ सय ६७ मिटर गहिराई भएको खोँच विश्वकै सर्वाधिक गहिरो गल्छी मानिन्छ । रुप्से छहरा र कालीगण्डकीले बनाएको गल्छी एकापसमा जोडिएर रहेका छन् । पवित्र कालीगण्डकी किनारमा रहेका विश्वका यी प्रशिद्ध झरना र गल्छीको अवलोकन गर्न दिनहुँ आन्तरिक एवं वाह्य पर्यटकहरुको भीड लाग्छ ।

तस्वीर- किरण आचार्य, ईबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.