नेपाल महिला सँघ भिमगिठेको अन्र्तक्रिया कार्यक्रम सम्पन्न !

छविलाल पाण्डे, बुर्तिवाङ २०७३ माघ १८ । जिल्लाको भिमगिठेमा नेपाल महिला सँघ गाँउकार्य समितीको अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिला सँघ कार्य समितीका अध्यक्ष बिष्णु केसीको अध्यक्षता ,नेपाल महिला सँघ जिल्ला कार्य समिती सदस्य माया केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

उतm कार्यक्रममा महिला सँघको अबस्था, भावि रणनीति, कार्ययोजना, तथा महिला हक अधिकारका बिषयमा छलफल गरीएको हो । कार्यक्रमा नेपाली काँगे्रस गाँउ कार्य समिती भिमगिठे सभापती कृष्ण गुरुङ, नेपाल महिला सँघ क्षेत्रिय कोषाध्यक्ष सुसित्तल केसी, ९ वटै वडाका महिला प्रतिनीधिहरुको बिशेष उपश्थितीमा भएको कार्यक्रममा महिला सँघका सदस्य अनीता रायमाझिको स्वागत मन्तब्य तथा सचिब गँगा हिजालेले सञ्चालन गरेकी थिईन् ।
त्यस्तै महिला सँघको उपाध्यक्ष र सहसचिब पद मनोनित गरीएको थियो । जसको उपाध्यक्षमा रिता केसी र सहसचिबमा सुमित्रा खत्री रहेकी छिन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *