बोहोरागाँउमा राप्रपा गाँउ कार्य समितीको गठन !

छविलाल पाण्डे, बुर्तिवाङ २०७३ माघ १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीको सोमबार बोहोरागाँउमा गाँउ कार्य समिती गठन भएको छ । केन्द्रिय सदस्य दिपक कुवँरको प्रमुख आतिथ्यता, राप्रपा क्षेत्रिय अध्यक्ष चक्र बहादुर मल्ल , राप्रपा गाँउ कार्य समिती देबिस्थानका अध्यक्ष कृष्ण बहादुर मल्ल लगाएतको बिशेष उपश्थितीमा भएको निर्वाचनबाट जिन बहादुर चन्दको अध्यक्षतामा २१ सदस्यिय गाँउ कार्य समितीको गठन गरीएको हो ।

जसको उपादक्षमा केर बहादुर शाहि, सोभा चन्द, सचिब चेत नारायण सर्मा , कोषादक्ष टेक बहादुर चन्द, सहसचिब मेगध्वज मल्ल, धन कुमारी मल्ल, सदस्यहरुमा चक्र बहादुर मल्ल, ज्ञान कुमारी शाहि, भुना कुमारी शाही , जुना कुमारी शाही, कप्त बहादुर चन्द लगाएत अन्य पदादिकारी रहेको बताईएको छ ।
कार्यक्रम टेक बहादुर चन्दको अध्यक्षतामा भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.