भिमगिठेमा एक घरमा आगलागि चार लाख बराबरको क्षति !

छविलाल पाण्डे, बुर्तिवाङ २०७३ माघ १८ । भिमगिठेको वडा नँ ३ उपल्लो गोठानमा एक घरमा आगलागि भएको छ । स्थानीय खड्क बहादुर बिकको दुई तले खरको घरमा आईतबार बिहान करीब ९ बजे आगलागि हुँदा घर पुर्ण क्षति हुनुका साथै घरमा रहेको अन्नपात, भाँडाकुँडा, लत्ता कपडा गरी करीब तिनलाख मुल्य बराबरको सामान र बैदेशिक रोजगारीमा जानभनी लिएको १ लाख रुपैया नगद गरी चार लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय भिमगिठेले जनाएको छ ।
बिहानको समयमा बच्चाहरुले आगो तापिरहेका कारण अचानक आगो घरमा सल्किएको स्थानीयले बताएका छन् । आगलागिका कारण पिडित बनेका खड्क बहादुरका परीवार आफन्तीकोमा आश्रय लिएर बसेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *