शान्ति, सुरक्षा, अमनचयनका लागि प्रहरीलाई सहयोग गर्न प्रउ खापुङको आग्रह !

प्रहरीले समान्य नागरिक प्रति सभ्य र नम्र व्यवहार गर्न स्थानीयवासीको सुझाब !

कृष्ण कँडेल, बागलुङ २०७३ माघ १८ । जिल्ला प्रहरी कार्यालय बागलुङका नवागत प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले समाजमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्नका लागि प्रहरीलाई सहयोग गर्न नागरिक समाजसंग आग्रह गरेका छन् ।

जिप्रका बागलुङले ग्वालिचौरमा आयोजना गरेको नागरिक सुनुवाई तथा प्रहरी मेरो साथी विषयक कार्यक्रमा नागरिकहरुबाट उठाईएका सवालहरुको जवाफ दिँदै प्रउ खापुङले यस्तो बताएका हुन् ।

प्रउ खापुङले जिल्लाको शान्ति सुरक्षा कायम गर्न सँधै नागरिकसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले नागरिक बर्दीविनाको प्रहरी भएको उल्लेख गर्दै प्रहरी मेरो साथी भन्ने ठानेर प्रहरीलाई सहयोग गर्न आम नागरिक तथा सरोकारवालालाई आग्रह समेत गरे ।

प्रउ खापुङ मातहतका ईकाईहरुको अवस्थाको निरक्षण तथा प्रहरीको काम प्रति नागरिकको चासोका विषयमा बुझ्नका लागि जिल्लाको पश्चिम क्षेत्रको निरीक्षणमा आएका हुन् ।

कार्यक्रममा स्थानिय नागरिक तथा सरोकारवालाले प्रहरीले आफ्नो कार्यसम्पानमा कसैलाई विभेद नगरि निष्पक्षता पुर्वक काम गर्नुपर्नेमा जोड दिएका थिए । उनिहरुले प्रहरी चौकी ग्वालीचौरको स्तरबृद्धि गरि ईलाका प्रहरी कार्यालय स्तरमा लैजान माग गरेका थिए । बक्ताहरुले प्रहरीले समान्य नागरिक प्रति सभ्य र नम्र व्यवहार गर्नुपर्ने औँल्याएका थिए ।

कार्यक्रममा कार्यक्रम स्थानिय समाजसेवी ठनेश्वर घिमिरेको अध्यक्षता, स्थानिय खार माविकी शिक्षिका जीवन घिमिरेको स्वागत र ईलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रमुख प्रहरी निरीक्षक कृष्ण रानाको सञ्चालनमा सम्पन्न भएको थियो । नेपाल रेडक्रस सोसाईटी ग्वालीचौर उपशाखाका सभापतीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

जिल्ला प्रहरी प्रमुख खापुङले ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र प्रहरी चौकी ग्वालीचौरको निरीक्षण तथा अवलोकन पश्चात त्यस क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सक्रियता साथ लाग्न निर्देशन दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *