परीक्षा दिन जाँदै गर्दा १५ वर्षिया किशोरीको हृदयघातबाट मृत्यु !

बागलुङ २०७३ माघ १८ । हुग्दीशिर गाविसकी एक १५ वर्षिया किशोरीको हृदयघातबाट मृत्यु भएको छ । हुग्दीशिर गाविस ३ गेरुढुंगाका तेज बहादुर पुन र नन्दकली पुनकी छोरी तृसना पुन माघ १७ गते सोमबार परीक्षा दिन बिद्यालय तर्फ जाँदै गर्दा विद्यालय नजिकै पुगेको अवस्थामा चक्कर आएर ढलेपछी उनको मृत्यु भएको परिवारजनले बताएका छन् ।

स्थानीय सर्वोदय माविमा कक्षा ८ मा अध्ययनरत तृसना पुन बाल्यकाल देखीनै मुटुको रोगी भएकीले नियमित औषधि सेवन गर्दै आईरहेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.