विद्यार्थीको चौतर्फी विकासमा अतिरक्त क्रियाकलापको महत्वपूर्ण भुमिका-उपाध्यय

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ माघ १७ । धौलागीरी बहुमुखी क्याम्सको ५४ औ बार्षिक उत्सवको अवसरमा आयोजित वतृत्वकला प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि तथा धौलागीरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राम प्रसाद उपाध्ययले अतिरक्त क्रियाकलापले विद्यार्थीको चौतर्फी विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् । उनले वतृत्वकलामा प्रकृति र मानव बिचको सम्वन्ध विषयमा सहभागीले राम्रो ज्ञानको सम्प्रेशन गरेको बताए ।

त्यसैगरी अखिल क्रान्तिकारीका निवर्तमान फ्याक्सन ईन्चार्ज राजीव घिमिरेले पनि क्याम्पसको ५४ औ बार्षिक उत्सवको शुभकामना व्यक्त गरेका थिए ।
धौलागीरी बहुमुखी क्याम्सको ५४ औ बार्षिक उत्सवको अवसरमा आयोजित वतृत्वकला प्रतियोगिता आजै सम्पन्न भएको छ । सोमबार सम्पन्न वतृत्वकला प्रतियोगीतामा प्रकृति र मानव बिचको सम्वन्ध शिर्षकमा नेपाली तर्फ सुरक्षा खड्का र अंगेजीतर्फ सुदिप सागर कंडेल प्रथम भएका छन् । जसमा नेपाली तर्फ अमृता शर्मा व्दीतिय, कमला विक तृतिय र कम्ली सापकोटा सान्वना भएको र । अगैजी तर्फ रमेश घर्ती मगर व्दीतिय , टिका रेग्मी तृतिय र संचता गौतम सान्वना भएका छन् ।

प्रतियोगितमा धौलागीरि बहुमुखी क्याम्पसका शिक्षा शास्त्र संकाय, व्यावस्थापन संकाल , मानविकि संकायका गरी २० जना विद्यार्थी प्रतियोगीतामा सहभागी भएका थिए ।

त्रिभुवन विश्वविद्यालय धौलागीरी बहुमुखी क्याम्पस बागलुङ अन्तरगत अखिल क्रान्तिकारी विद्यार्थी एकाई समितिले संयोजन तथा संचालन गरेको थियो । कार्यक्रम अखिल क्रान्तिकारी धौलागीरी बहुमुखी क्याम्पसका फ्याक्सन ईन्चार्ज जीवन शर्माको अध्यक्षता ईकाई सदस्य विकास शर्माको स्वागत र खगेन्द्र विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.