प्रदिप पन्त बागलङ २०७४ मंसिर १ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन आफनो पक्षमा मत माग्न नेपाली काग्रेसको तर्फका उम्मेदवारले घरदैलो अभियानलाई तिव्र पारेका छन । नेपाली काग्रेसको टोलीले शुक्रबार काठेखोला गाउपालिका ७ रेशमा घरदैलो अभियान सम्पन्न गरेको छ ।
घरदैलो कार्यक्रमममा बोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं निर्वतमान सांसद रत्ना शेरचनले मुलुकमा लोकतन्त्रलाई दिगो बनाउन नेपाली काग्रेस सक्रिय भएर लागेको हुदा सबैको सहयोग र साथ आवश्यक रहेको बताईन् । उनले मुलकको समृद्धिको लागि नेपाली काग्रेस बाहेक अन्यबाट सार्थकता पाउन नसक्ने हुदा प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचनमा रुख चिन्हमा मतदान गर्न तर्फ लाग्नुपर्ने उनको भनाई थियो ।
घरदैलो अभियानमा प्रतिनिधी सभा क्षेत्र १ का उम्मेदवार एवं राज्यमन्त्री चम्पादेवी खडकाले जिल्लाको आर्थिक,क्षेत्र सगै समग्र विकासमा आफुले भुमिका खेल्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने हुदा विजयी गराउन आग्रह गरिन् । खड्काले विगतका समयमा पनि यहाका नागरिकले आफुलाई साथ र सहयोग गरेको हुदा यस पटक पनि रुख चिन्हमा मतदान गरि विजयी गराउनेमा आशाबादी बनेको बताईन् ।
सोही क्रममा प्रदेश सभा क्षेत्र १ क का उम्मेदवार एवं नेपाली काग्रेसका सभापति दिपेन्द्रबहादुर थापाले जनताको चाहानलाई उच्च कदर गर्दै आएको हुदा अबको विकास नै नेपाली काग्रेसबाट हुने हुदा विजयी गराउन आग्रह गरे । लामो समयमा देखि जिल्लाका बिभिन्न स्थान र ठाउको बारेमा जानकारी रहेको हुदा विकास हुन नसकेका क्षेत्रका पहिलो प्राथमिकता दिने गरि काम गर्ने हुदा रुखमा मतदान गर्न थापाको आग्रह थियो ।
घरदैलो कार्यक्रममा प्रदेश सभा समानुपातिक उम्मेदवारद्धय मणिभद्र शर्मा कडेल, कोपिला बोहोरा,महाधिबेशन प्रतिनिधि अम्मरबहादुर कार्की,जिल्ला सचिव चित्रबहादुर कार्की, रेशका पार्टी सभापति प्रेम कार्की,पुर्व सभापति रनबहादुर कार्की र जगन्नाथ गौतम लगाएको टोली सहभागी जनाएको थियो ।