पर्वत महोत्सवका आकर्षण बने अमलाचौरका डिलबहादुर खत्री !

महेन्द्र केसी, पर्वत २०७३ माघ १७ । बागलुङ अमलाचौर ३ का ५३ बर्षिया डिल बहादुर खत्री मौरीसँग निकै घुलमिल र रमाउन सिपालु रहेछन भन्ने कुरा उनले पाँचौ पर्वत महोत्सवमा समेत प्रमाणित गरी देखाए ।

पाँचौ पर्वत महोत्सवको पाँचौ दिनमा उनले स्टेजमा अनुहार भरी मौरी बोकेर पुगे । आफूलाई मौरी पालक कृषकका रुपमा स्थापित गरेका उनले अनुहार भरी मौरी राखेर प्रदर्शनी समेत गरे ।

बार्षिक रुपमा २५ लाख कमाउने उनले मौरी र महबाटनै मनग्य आम्दानी भएको बताए । २०४५ सालदेखि उनले मौरीपालन व्यवसाय शुरु गरेका हुन । साथमा उनले माछापालन र फलफूल खेती समेत गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.