Sorry, that menu does not exist.
 

नेपाली काँग्रेसको चुनावी अभियान गाउँगाउँमा : जनसभा र घरदैलो गरेर मत माग्दै उमेद्वार !

छविलाल पाण्डे बागलुङ २०७४ कात्तिक २६ । नेपाली काँग्रेसले बागलुङ जिल्लाका दुबै निर्वाचन क्षत्रहरुमा चुनावी प्रचार अभियानलाई तीब्रता दिएको छ । प्रचार अभियान कै क्रममा आईतवार घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

आज क्षेत्र नं २ को बडीगाड गाउपालिका रणसिँह किटेनीमा काँग्रेसका ग्राम पार्टी अध्यक्ष जितबहादुर घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी तथा प्रतिनीधि सभा उमेद्वार नरबहादुर पुन निरजले रनसिँह किटेनी भौगोलिक बिकट्टाले गर्दा बिकास निर्माणका क्षेत्रमा पछि परेको क्षेत्र रहेको बताउँदै यस क्षेत्रमा कृषि, प्रर्यटन, शिक्षा र यातायातको बिकासमा आफुले निर्वाचनमा जित हासिल गरेसँगै विशेषप्राथमिकता दिएर अगाडि बढ्ने बताएका छन् ।

अधिकाँँश दलीत र जनजाती समुहदायको बाहुल्यता रहेको रणसिँह किटेनीमा भाषा, सँस्कृतिको संरक्षण सँगै बिकास निर्माणलाई अगाडि बढाईने सँकल्पका साथ आफु चुनाबमा होमिएको बताउँदै उनले रुख चिन्हमा मतदान गरी बिजयी गराउने महान अभियानमा साथ दिन मतदातालाई आब्ह्वान गरे ।

त्यस्तै कार्यक्रममा प्रदेश सभा (क) उमेदवार मञ्जेशवम मल्लले बोल्दै आफुलाई जनताले साथ दिएमा पहिलो पटक ग्रामिण र बिकट क्षेत्रबाट बिकास निर्माण अभियानको थालनी गरेर समृद्ध क्षेत्र निर्माणमा अगाडि बढने बताए ।

कार्यक्रममा महाधिबेशन प्रतिनीधि कृष्ण केसी तथा क्षेत्रिय समिती पदाधिकारी, जिल्ला समिती पदाधिकारी लगाएतको सहभागिता रहेको थियो । आजको प्रचार टोलीमा तमानखोला गाँउपालीका प्रमुख जोकलाल बुढा, उपप्रमुख मानसरी शेरचन, निवर्तमान साँसद ज्ञानकुमारी छन्त्याल, महाधिबेशन प्रतिनीधि सिँहबहादुर राना, यामु पौवी लगाएतको सहभागिता रहेको थियो ।

नेपाली काँग्रेसको पार्टी कार्यालयले दिएको जानकारी अनुसार आइतबार नै नेपाली काग्रेसले चुनावी अभियान बानपा १३ अमलाचौर,काठेखोला गाउपालिका ७ रेश र बानपा ९ तित्याङ लगाएका क्षेत्रमा सम्पन्न गरेको छ । काठेखोला गाउपालिका ७ रेशका गुडडाँडा,तिङरिङ लगाएतका स्थानमा भएको घरदैलो कार्यक्रमामा बोल्दै बागलुङ क्षेत्र नंं १ (क) प्रदेश सभाका उम्मेदवार एवं पार्टी सभापति दिपेन्द्रबहादुर थापाले जिल्लाको विकासका निम्ती पुर्वाधार निर्माण नै पहिलो प्राथमिकतामा राखेको हुदा रुख चिन्नहमा मतदान गरि आफुलाई विजयी गराउन आग्रह गरे । उनले मुलुकमा आर्थिक विकास र निकासका लागि नेपाली काँग्रेसलाई बिजयी गराउनका लागि मतदातहरु सँग आग्रह पनि गरे । थापाले स्थानीयको चाहना अनुसार नै आफु अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

घरदैलो कार्यक्रममा जिल्ला सदस्यहरु चित्रबहादुर कार्की, खिमानन्द पौडेल,नेविसघंअध्यक्ष खडक थापा,तरुण दलका पुर्व अध्यक्ष मिलन कुवर, मिन सागर गुरुङ, आकाश गुरुङ लगाएतको टोली सहभागी भएको थियो । यसैबिच बानपा ९ तित्याङमा समेत घरदैलो कार्यक्रम सम्पन्न भएको छ । घरदैलो कार्यक्रममा नेपाली काग्रेस जिल्ला सदस्य बसन्तकुमार श्रेष्ठ, कलस्टर न ३ का अम्मरबहादुर कार्की, तरुण दलका क्षेत्रीय अध्यक्ष सनीकुमार केसी लक्षुमण, वडा सभापति राजु थापा,सचिव ओमप्रकाश पौडेल लगाएको टोली सहभागी जनाएको थियो । यस्तै सुर्यबहादुर खत्रीको संयोजकत्वमा ५१ सदस्यीइ युवा परिचालन समिति समेत गठन गरिएको छ ।

नेपाली काँग्रेसले आईतवार नै क्षेत्र नं १ (२) को चुनावी प्रचार तथा घरदैलो कार्यक्रम अमलाचौरमा सम्पन्न भएको छ । जैमिनी नगरपालिका—१ कुश्मीसेराको कुसीगाउँ हुँदै सुरु गरिएको घरदैलो कार्यक्रम पश्चात आयोजित चुनावी सभामा बोल्दै राज्यमन्त्री एवं क्षेत्र नं १ का प्रतिनिधी सभा उम्मेद्वार चम्पादेवी खड्काले क्षेत्र नं १ को विकास र समृद्धिका लागि आफुले सदैव पहल गर्ने बताइन् ।

त्यस्तै उनले बलेवा क्षेत्रको विकास र सम्भावनाहरुको खोजी गरी पर्यटनका माध्यमबाट रोजगारी सिर्जना गर्ने बताइन् । उनले यस क्षेत्र बाटो, पुल, खानेपानी लगायतका विकासमा नेपाली काग्रेसको रुख चिह्नमा मतदान गरी आफुलाई जिताउन आग्रह गरीन । त्यस्तै क्षेत्र नं १ (२) का प्रदेश सभा उम्मेद्वार प्रकाश शर्मा पौडेलले समृद्ध बलेवाका लागि आफु विगत देखि अहिलेसम्म लागि परेको र अवको विकासका लागि जनताले रुख चिह्नमा मतदान गरी विजयी गराउन आग्रह गरे ।

सो अवसरमा नेपाली काँग्रेस जिल्ला सचिव नवराज पौडेल,जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेल, चुनाव प्रचार समिती क्षेत्र नं १ (२) का संयोजक हरि आचार्य, महासमिति सदस्यहरु किरण पौडेल, भिम श्रीस, कल्पना हमाल पाठक, नेविसंघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदी,नेविसंघ सहमहामन्त्री हरिहर शर्मा, महाधिवेशन प्रतिनिधी गणेश सापकोटा, तरुण दलका क्षेत्रीय सभापति दलबहादुर श्रीस लगायतले रुख चिह्नमा मतदान गरी नेपाली काग्रेसको उम्मेद्वारहरुलाई विजयी गराउनुपर्ने बताएका थिए । नेपाली काग्रेस बानपा—१२ का सभापति कोपिलामणी शर्माको अध्यक्षता, उपाध्यक्ष देवेन्द्र पौडेल स्वागत र क्षेत्रीय सहसचिव गोपाल शर्मा पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply