ईन्डोरमा खेलिन लोकप्रिय फुटसल खेल, बागलुङमा अब एक हप्ता भित्रै !

हरि शर्मा, बागलुङ २०७३ माघ १७ । फुटबलकै सानो रुप अर्थात् इन्डोरमा खेलिने फुटसलले अहिले व्यापकरुप लिईरहेको छ । देशको राजधानीमा मात्र नभएर विभिन्न शहरी क्षेत्रहरुमा फुटसल खेलप्रति युवाहरुमा निकै आकर्षण बढेको छ । छोटो समयमा लोकप्रिय बन्दै गएको फुटसेल प्रति स्थानीय युवाहरुको बढ्दो चाहलाई मध्यनजर गरी स्थानीय युवाहरुले बागलुङ सदरमुकाममा यस खेलको लागि हल (मैदान) निर्माण गरिरहेका छन् ।

शहरको विशेषताको रुपमा लिने गरिएको फुटसेल खेलका पारखीहरुले बागलुङमै फुट्सलको मज्जा लिन पाउने भएका छन । एक हप्ता भित्रै संचालनमा ल्याउने गरी धौलागिरीमानै पहिलो पटक बागलुङ नगरपालिका वडा नम्वर ३ गुठीमा फुटसल हलको निर्माण भैरहेको छ । बागलुङका ४ जना युवा व्दारा करिव १ करोड २० लाखको लागतका फुटसलको निर्माण गनै लागेका हुन ।

मनोरंजन र स्वस्थ्य स्वास्थ्यका लागी खेलाडी र खेलप्रेमीहरुलाई खेलकुद क्षेत्रमा रम्न अझै सजिलो होस् भन्नका हेतुले फुट्सल निर्माण गरेको फुटसल प्रालिका राजु केसीले जानकारी दिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.