ढुंगानाले लगाए यस्तो आरोप- ‘बाम माहोल देखेर काँग्रेस अत्तालिएर बरबराउन थाल्यो !’

अर्जुन शर्मा, बागलुङ २०७४ कात्तिक २६ । जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगानाले पोखरामा पोखरा बागलुङ बामपन्थी मन्चव्दारा आयोजित चुनावी सभामा बोल्दै बाम गठबन्धनबाट नेपाली नागरिक अत्यन्त उत्साहित भएको बताएका छन् ।

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य समेत रहेका ढुङ्गानाले बाम माहोल देखेर नेपाली कांग्रेस अतालिएर बरबराउन थालेको आरोप लगाउदै नेपाली मतदाताले बाम गठबन्धनका उमेदवारलाई अत्याधिक बहुमतका साथ जिताउने समेत विश्वास व्यक्त गरे ।

संसद विकास समितिका पूर्व सभापति रविन्द्र अधिकारी, माओवादी केन्द्रका राजकाजी गुरुङ, राष्ट्रिय जनमोर्चाका विक्रम थापा, बागलुङ–पोखरा बामपन्थी मञ्चका सल्लाहकार भवानीप्रसाद पाण्डे, बलावति शर्मा चन्द्रबहादुर बुढा सागर, कृष्ण थापा लगायतले सो कार्यक्रमलाई सम्वोधन गरेका थिए ।

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय कलाकारहरु र लोकगायक विष्णु खत्रीले सांस्कृतिक प्रस्तुति गरेका थिए ।

बागलुङ–पोखरा बामपन्थी मञ्चका संयोजक कुलचन्द्र शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य फणिन्द्र थापा र सञ्चालन आकाश गौतमले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply