धौलागिरी बहुमुखी क्याम्पसमा नेविसंघको गजल बाचन कार्यक्रम सम्पन्न !

हरि शर्मा बागलुङ, २०७३ माघ १७ । धौलागिरी बहुमुखी क्याम्पस बागलुङको ५४ औँ बार्षिकोत्सव समारोहबीच गजल बाचन कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल विद्यार्थी संघको आयोजनामा सम्पन्न गजल बाचन कार्यक्रममा बिएड दोस्रो बर्षमा अध्ययनरत प्रतियोगी कमला आचार्य प्रथम, बिबिएस दोस्रो बर्षमा अध्ययनरत प्रकाश आचार्य व्दीतिय,बिएड दोस्रो बर्षमा अध्ययनरत सम्झना तृतिय भएका थिए । बिएड प्रथम बर्षमा अध्ययनरत सुरक्षा खड्का सान्त्वना भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि धवलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामप्रसाद शर्माले विद्यार्थीको शैक्षिक सिकाइलाइ दिगो र प्रभावकारी बनाउनका लागि यस्ता खालका कार्यक्रम महत्वपूर्ण हुने बताए ।

त्यस्तै, कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रिय सहमहामन्त्री हरिहर शर्माले शैक्षिक गुणस्तरका निम्ती देशमा व्यवहारिक ,बैज्ञानीक र प्राविधिक शिक्षाको आवश्यकता रहेकाले त्यस्का लागि नेपाल विद्यार्थी संघ र सिंगो विद्यार्थी आन्दोलनमा आवश्यक रहेको बताए ।

त्यस्तै उनले ८ बर्षपछाडी हुन लागेको स्ववियुको निर्वाचनका लागि सक्षम नेतृत्व छान्नका लागि सवै नेविसंघ निकट विद्यार्थीहरुलाइ आग्रह गर्दै । लामो साधनाले मात्र गुणस्तरिय शिक्षा र सिर्जनशीलताको विकाश हुने भएकाले पूर्वीय दर्शनबाट आएको गजलको महत्व दिनानुदिन बढ्दै गएको धारणा व्यक्त गरे ।

सो अवसरमा नेपाली काग्रेसका क्षेत्रीय सभापति चिरञ्जिवी गौतम, नेपाली काङ्ग्रेस जिल्ला कोषाध्यक्ष उमेश गौतम, नेविसंघ धवलागिरी बहुमुखी क्याम्पस इकाइ अध्यक्ष राजु केसी, नेविसंघ जिल्ला अध्यक्ष खडक थापा, नेविसंघ कोषाध्याक्ष केन्द्र रसाइली, क्याम्पस प्रमुख रामप्रसाद शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै नेपाली काग्रेसका क्षेत्र १ का क्षेत्रीय सभापति चिरञ्जिवी गौतम सिर्जनगिजल प्रतियोगिता कार्यक्रममा २६ जना प्र्रतियोगिहरुको सहभागिता रहेको गजल बाचन कार्यक्रमका सचिव मनोज सापकोटाले बताए । सो अवसरमा बाहिरी विद्यालय र साहित्य सिर्जनामा रुची राख्ने सर्जकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

गजल प्रतियोगिताका कार्यक्र्रम संयोजकसंयोजक विष्णुराज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य सुदिप सागर कडेल र धवलागिरी बहुमुखी क्याम्पस इकाइ सचिव श्रीकृष्ण पौडेल गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *