बिहूको इनारपानीमा संयुक्त बाम गठबन्धनको चुनावी सभा सम्पन्न

श्रृजना पन्त, बागलुङ २०७४ कात्तिक २४ । काँठेखोला गाउँपालिका–६ इनारपानीमा शुक्रबार संयुक्त बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गद्रै नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य गोविन्दबहादुर नेपालीले बामपन्थीहरुले जनताको मन जितेको हुँदा निर्वाचनमा जित सुनिश्चत भएको बताएका छन् ।

सभालाई सम्बोधन गर्दै क्षेत्र नम्बर १ का प्रदेश सभा उमेदवार ईन्द्रलाल सापकोटाले बागलुङ जिल्लाको विकासको लागि पर्यटन, पशुपालन र फलफुल खेतीमा आधुनिकरणमा आफुले जोड दिने बताए । सापकोटाले गाउँको विकास भएमात्र देशको विकास सम्भव भएको भन्दैं आफुले सबैभन्दा पहिले गाउँको विकासमा पहल गर्ने प्रतिवद्धता जनाए ।

सभामा नेकपा एमालेको केन्द्रिय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादुर जि.सी, राष्ट्रिय जनमोर्चा सम्बद्ध अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष तिलक थापा, नेकपा एमालेका काँठेखोला गाउँपालिका सह–संयाजक अन्जु जिसी, नेकपा एमालेका जिल्ला सदस्य दिपक गौतम लगाएतले बोलेका थिए ।

कार्यक्रम संयुक्त निर्वाचन परिचालन कमिटिका संयोजक नारायण कंडेलको अध्यक्षता, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य नविन कंडेलको स्वागत र वडा अध्यक्ष तथा नेकपा एमालेका क्षेत्रीय सदस्य युक्त प्रसाद कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यस्तै शुक्रबारनै उमेदवार सहितको टो ीलले विहँको किमबोटमा चुनावी सभा सम्पन्न गरेको छ । सभालाई सम्बोदन गर्दै नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य नेपालीले देशमा स्थीर सरकार निर्माण गर्नको लागि बामपन्थी उमेदवारहरुलाई बहुमतले विजयी गराउन सबैलाई आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ का प्रदेश सभा उमेदवार ईन्द्रलाल सापकोटाले सामाजिक न्याय सहितको लोककल्याणकारी राज्य निर्माणको लागि बामपन्थी उमेदवारहरुलाई विजयी गराउन सबैलाई आग्रह गरे ।

कार्यक्रममा रामबहादुर जि.सी, तिलक थापा, अन्जु जिसी, नेकपा एमालेका जिल्ला सदस्य दिपक गौतम लगाएतले बोलेका थिए ।
त्यस्तै शुक्रबारनै विहुँको हटियामा गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply