जनताले काँग्रेसको योगदान कहिलै भुल्दैनन्-खड्का : कम्युनिष्टले काँग्रेसको राम्रो काम देख्दैन-पौडेल

नारायण रिजाल, बागलुङ २०७४ कात्तिक २४ । नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ को चुनावी अभियान शुक्रबार जैमिनी नगरपालिका ४ सर्कुवामा सन्पन्न भएको छ । अभियानमा काँग्रेसका उम्मेदवार तथा कार्यकर्ताहरु घरदैलो कार्यक्रममा व्यस्त रहेका छन ।

घरदैलो कार्यक्रम पश्चात चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उम्मेदवार तथा राज्यमन्त्री चम्पादेवी खड्काले बिगतमा नेपाली काँग्रेसले गरेको योगदान नेपाली जनताले कहिलै नभुल्ने बताईन । उनले जनताले शान्ति र लोकतन्त्रको आभास चाहेका कारण नेपाली काँग्रेसको जित सुनिश्चत रहेको बताएकी छन ।

खड्काले आफु सर्कुवा गाउँ डुल्दै गरेको अनुभव सुनाउँदै यहाँ बाट विभिन्न खालका हिमशृङखला देखिने रहेछन यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि म आफु प्रतिवद्ध रहने छु । उनले यहाँका सडक, शिक्षा तथा अन्य क्षेत्रको विकास निम्ती सधै योगदान गर्ने बताईन ।

कार्यक्रममा क्षेत्र नं. १ प्रदेश २ का उम्मेदवार तथा निर्वतमान सांसद प्रकाश शर्मा पौडेलले यहाँको हरेक विकासमा नेपाली काँग्रेस बाहेक अरु कोही पनि चिन्तित बन्न नसकेको बताए । उनले जैमिनी नगरपालीका प्रर्यटन र कृर्षि क्षेत्रको सम्भावना बोकेको क्षेत्र भएका कारण त्यसलाई समेत उचित स्थानका साथ अगाडि बढाउने बताए । पौडेलले कम्युनिष्टहरुले काँग्रेसले राम्रो काम गरेको देख्न नसकेर अनेक आरोप लगाउँदै हिडेको भनी खण्डन समेत गरे । पौडेलले दक्षिण बागलुङलाई समुन्नत र समृद्धि बनाउनका लागि आफुले एउटा मार्ग चित्र समेत कोरेको बताए ।

त्यसैगरी जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले जसरी स्थानिय निर्वाचनमा काँग्रेसलाई साथ दिनुभयो आउँदो निर्वाचनमा पनि त्यसैरी नै साथ दिनुहोला भनी आग्रह गरे । अभियानमा नेपाली काँग्रेसका जिल्ला सदस्य तथा प्रचारप्रसार संयोजक हरि आचार्य, महासमिति सदस्य कल्पना हमाल पाठक, भिम श्रीष, क्षेत्रीय सभापति नारायण शर्मा पौडेल, नेपाल महिला संघका जिल्ला अध्यक्ष शकुन्तला शर्मा नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य एवं महाधिवेशन प्रतिनिधि गणेश सापकोटा, भुपुसैनिक संघका केन्द्रिय सदस्य क्याप्टेन हरिबहादुर भण्डारी, महिला संघ सर्कुवाका अध्यक्ष प्रेम कुमारी शाही, लगायतले समाजको विकास निम्ती नेपाली काँग्रेसलाई बिजयी गराउन आवश्यक रहेको बताए ।

कार्यक्रम काँग्रेस सर्कुवाका अध्यक्ष यम बहादुर शाहीको अध्यक्षता, लेखनाथ आचार्यको स्वागत र क्षेत्रीय सचिव बिष्णु आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.