बागलुङमा शहीद दिवस

बागलुङ, २०७३ माघ १७ । बागलुङ नगरपालिका कार्यालयको आयोजनामा बानपा १ बाँगेचौर शहीद पार्कमा शहिद प्रति श्रद्धान्जलि दिएर शहीद दिवस मनाईएको छ ।

कार्यक्रममा सांसद व्दय प्रकाश शर्मा पौडेल र नरबहादुर थापाले शहिदहरुको सम्मानका लागि संविधान कार्यन्वयन गरेर अघि बढ्नुपर्ने उल्लेख गर्दै शहिदको सपना पुरा गर्न सबै एकतावद्ध भएर लाग्न सके मात्र उनिहरु प्रति सच्चा सम्मान हुने बताएका थिए ।

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, अन्तर पार्टी महिला सञ्जालका अध्यक्ष भविकला रोका, नेपाल पत्रकार महासघं बागलुङका सचिव दिल शिरीषले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम बागलुङ नगरपालिकाका निमित्त कार्यकारी अधिकृत युक्तप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उपभोक्ता हित बितरितको कार्य प्रति राष्ट्रिय उपभोक्ता मंचको ध्यानाकर्षण

यसैवीच राष्ट्रिय उपभोक्ता मंच बागलुङले नगरपालिका कार्यालयले शहिद दिवसको दिन गरेको उपभोक्ता हित बितरितको कार्य प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

शहिद दिवसको दिन बानपा १ बाङ्गेचौर स्थित शहिद पार्कमा आयोजित कार्यक्रममा उपभोक्ता हित बिपरित प्लाष्टीक जन्य पदार्थको प्रयोग गरि चिया खाजा खान दिएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

उपभोक्ताको स्वास्थ्यमा असर पर्ने खालका प्लाष्टीक जन्य पदार्थ अर्थात प्लाष्टिकको गिलास र झोला प्रयोग गरि जलपान गरेको कार्य उपभोक्ता हित बिपरित भएको भन्दै बिज्ञप्ती नै प्रकाशित गरि बिरोध जनाएको छ ।

नगरको सरसफाई अभियानमा लागेको नगरपालिकाले नै उपभोक्ता हित बिपरित प्लाष्टिक जन्य पदार्थको प्रयोग गरेर उपभोक्ता संरक्षण ऐन २०५४ र निवावली २०५६ बिपरीत कार्य गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

बिज्ञप्तीमा आगामि दिनमा सरकारी कार्यालय, बिभिन्न संघसंस्था एव व्यवसायीहरुले त्यस्ता खालका प्लाष्टिक जन्य पदार्थको बिक्रि बितरण तथा प्रयोग नगर्न आग्रह गरिएको छ ।

प्लाष्टिक जन्य पदार्थको प्रयोग गरि तातो पेय पदार्थ खादा स्वास्थ्यमा नकरात्मक असर पर्न गइ बिभिन्न रोग लाग्ने भएकाले उपभोक्ताहरु स्वयले पनि प्रयोग नर्गन बिज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.