साताको तस्वीर : रानीपानीमा महायज्ञ !

पर्वत २०७३ माघ १६ । जिल्लाको दक्षिणी भेग रानीपानी गाबिसमा नेपाल तारा माबिमा स्नातकतह सञ्चालन गर्ने र प्राबिधिक विषयको पठनपाठनलाई स्तरोन्नती गर्न आर्थिक स्रोत जुटाउने उद्देश्यले सञ्चालित एक हप्ते धार्मिक एवं शैक्षिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञ जारी छ । महायज्ञमा वाचन शिरोमणि पं दीनबन्धु पोखरेलले धार्मिक प्रवचन दिईरहेका छन् । महायज्ञमा श्रद्धालुहरु ओईरो लागेको छ ।

महोत्सवको पहिलो दिन एक करोड रुपयाँ भन्दा बढी रकम संकलन भएको थियो भने आज माघ १६ गते दोश्रो दिन १ करोड ४० लाख २ हजार ५५ रुपैँया संकलन भएको छ ।

महायज्ञको दोश्रो दिन रानीपानी,बराचौर वहाकीठाँटी गाबिस तथा गुल्मीका बिभिन्न ठाउँमा बसोबास गर्ने व्यक्तिहरु सगँ मनोनयन पत्र बाट उठेको रकम ८० लाख सहित सांसद विकास लम्सालले नगद रु २० लाख ११ हजार १११ रुपैयाँ, रानीपानी निवासी उर्जा मन्त्रालयका सहसचिब मोती बा.कुवँरले रु.१ लाख ११ हजार १ सय ११ तथा उहाँकी धर्म पत्नी शारदा कुवँरबाट १ लाख ११ हजार १ सय ११, बराचौर ६ निवासी प्रवीण भट्टराई बाट रु. ६६ हजार ६ सय ६६,रानीपानी २ निवासी पुर्व गाबिस अध्यक्ष कुल प्रसाद पराजुली बाट रु. ५१ हजार १ सय ११,सांसद अर्जुन प्रसाद जोशी बाट नगद रु.२५ हजार सहित बिद्यालयले गुरु योजना ल्याएमा रु.२० लाख आश्वासन तथा अन्य व्यक्तिबाट सहयोग मिलेको महायज्ञ मुल आयोजक समिति कोषाध्यक्ष नवराज पराजुलीले जानकारी दिए ।

महायज्ञबाट संकलित रकमबाट बिहादी बहुमुखी क्याम्पस स्थापना गरी प्राबिधिक विषयको पठनपाठन लाई थप व्यवस्थीत सगैँ विद्यालयको भौतिक, शैक्षिक सुधार मा खर्च गरिने महायज्ञ मुल आयोजक समितिका अध्यक्ष होमनाथ पराजुलीले जानकारी दिएका छन् ।

शव्द/चित्र- माधव पराजुली, पर्वत फलेवास ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *