राप्रपाको बागलुङ नगर अधिवेशन सम्पन्न: अध्यक्षमा राजभण्डारी चयन !

बागलुङ २०७३ माघ १६ । राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङ नगर अधिवेशन सम्पन्न भएको छ । आईतवार सम्पन्न अधिवेशनले ४५ सदस्यीय नगर समितिको अध्यक्षमा ईश्वर राजभण्डारी, उपाध्यक्षमा रनबहादुर बोहोरा, सचिवमा भूपिन बिष्ट, सह सचिवमा कमला खड्का र कोषाध्यक्षमा सुवास लिम्बु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत चन्द्रबहादुर रिजालले जानकारी दिएका छन् ।

अधिवेशनको उद्घाटन प्रमुख अतिथी केन्द्रिय सदस्य भीमप्रसाद गौचनले गरेका थिए ।

पार्टी अध्यक्ष टिकाराम सापकोटाको सभापतित्वमा भएको अधिवेशनमा केन्द्रिय सदस्य त्रय तिलक बहादुर रिजाल, दिलविकास राजभण्डारी र देवी कँडेल तथा सुरेन्द्र खडका, कृष्णराज शर्मा, कृष्ण कुमारी शेरचन लगायतले मन्तव्य दिएको थिए ।

कार्यक्रममा स्वागत मन्तव्य रमेश राजभण्डारी र सन्चालन पार्टी सचिव हेमराज पन्तले गरेका थिए ।

यसैक्रममा राप्रपाका केन्द्रिय सदस्य दिपक कुवरको उपस्थितिमा रणसिङकिटेनिमा गाउ कार्य समिति बिस्तार गरिएको छ । कृष्ण शिरिषको अध्यक्षतामा २० सदस्यीय समिति गठन गरिएको हो
समितिको उपाध्यक्षव्दयमा शेरबहादुर राना,तुल्सी राम थापा ,सचिव स्मृति श्रीस,कोषाध्यक्ष भगवान श्रीस,सहसचिवद्धयमा ध्रुवराज श्रीस मनोज घर्तीमगर रहेका छन् ।

त्यसैगरि सदस्यमा बाग्दल श्रीस,गन्जबहादुर शेरभुजा,धालबहादुर श्रीस,झकबहादुर श्रीस,सुवास श्रीस ,श्याम बहादुर बुढा,यमबहादुर श्रीस,ताराबहादुर बिक ,हुकुमबहादुर विक,दलबहादुर घर्ती,प्रेमबहादुर मगर ,बिमल घर्ती मगर,बिराज पाइजा रहेका छन् । गाउ बिस्तार अभियानको संचालन शेरबहादुर रानाले गरेका थिए ।

ईलाका नँ ११ र १३ को

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.