रानीपानीको धार्मिक एवं शैक्षिक महोत्सवमा पहिलो दिनमै एक करोड संकलन !

सांसद व्दय जोशी र लम्सालद्वारा २०/२० लाख रकम दिने घोषणा !

माधब पराजुली, पर्वत २०७३ माघ १६ । पर्वत रानीपानीस्थित नेपाल तारा माबिमा स्नातकतह सञ्चालन गर्ने तथा प्राबिधिक विषयको पठनपाठनलाई थप स्तरोन्नती गर्न आर्थिक स्रोत जुटाउने उद्देश्यले शनिवार बाट सप्ताहव्यपी धार्मिक एवम् शैक्षिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञ महोत्सव सुरु भएको छ ।

महायज्ञबाट संकलन भएको रकम बाट बिहादी बहुमुखी क्याम्पस स्थापना गरी प्राबिधिक विषयको पठनपाठन लाई थप व्यवस्थित सगैँ विद्यालयको भौतिक, शैक्षिक सुधारमा खर्च गरिने महायज्ञ मुल आयोजक समितिका अध्यक्ष होमनाथ पराजुलीले बताए । उनले उक्त महायज्ञले गाउँकै क्याम्पसमा स्नातकतहको पठनपाठन सञ्चालन भएर बिकट ग्रामिण भेगका बिद्यार्थीहरुको अध्ययनका लागि लाखौ खर्चेर जिल्लाबाहीर जानुपर्ने अवस्थाको अन्त्य हुने बताए ।

सो महायज्ञको उद्घाटन सांसद व्दय अर्जुन प्रसाद जोशी र विकास लम्सालले संयुक्तरुपमा गरेका हुन् ।

सो अवसरमा सांसद लम्सालले समग्र देशको विकासका लागि प्राबिधिक शिक्षाको आवश्यकता रहेको औल्याउदै बहुमुखी क्याम्पसको स्थापना ताथ प्राबिधीक शिक्षाको अवस्था सुधारका लागि आफूले २० लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने घोषण गरे ।

उनले विकासका लागी समुदायको सहयोग र सहभागिता अपरिहार्य रहेको स्पष्ट पार्दै शैक्षिक विकासका निम्ति स्थानीय समुदायलाई सक्रिय हुन आग्रह गरे ।

त्यस्तै अर्का सांसद अर्जुन प्रसाद जोशीले शैक्षिक विकासका निम्ति हरतरहको सहयोगका लागी तयार रहेको बताउदै यस महायज्ञ समितिले क्याम्पसको गुरु योजना तयार पारेमा आफुले २० लाख भन्दा बढी सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । सांसद जोशीले तत्काल २५ हजार रकम प्रदान गर्ने बताउदै जिल्लाको दक्षीणी भेगको शैक्षिक धरोहरको रुपमा रहेको क्षेत्रमा स्नातक तह र प्राबिधिक विषयको पठनपाठन आवश्यक रहेकाले त्यसलाई मुर्तरुप दिनको लागी महायज्ञमा सबैलाई सहयोग गर्न आव्हान समेत गरे ।

महायज्ञ शुरु हुनुअघि कलशयात्रा गरिएको थियो । सात दिनसम्म संचालन हुने महायज्ञमा कथावाचन प्रसिद्ध कथा बाचक दीनबन्दु पोखरेलले गरिरहेका छन् । महायज्ञबाट करिब ५ करोड भन्दा बढी रकम संकलन गर्ने लक्ष्य लिईएको छ । पहिलो दिन करिब १ करोड ५ हजार रुपैयाँ नगद संकलन भएको जनाईएको छ ।

पछील्लो समय यस क्षेत्रका बिधार्थीहरु स्नातक तह तथा उच्च शिक्षा हासील गर्नको लागि जिल्ला बाहिर गएर अध्ययन गरिरहेका छन् । यस ठाउँमा बिहादी बहुमुखी क्याम्पस स्थापना भएपछी करिब ३ हजार बिधार्थीहरु लाभान्वित हुने छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.