संविधान संशोधनमा एमालले गरेको किचलो राष्ट्रिय हित विपरित : उपप्रधान मन्त्री निधि

महेन्द्र केसी, पर्वत २०७३ माघ १६ । शहीद दिवसको अवसरमा उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिले आज कुस्मा बजार स्थित शहीदचोकमा रहेको शालिकमा माल्यार्पण गरेका छन् ।

मन्त्री निधिले जनयुद्धकालमा आफनौ घरमाथी तलामा बसेर सडकको जुलुस हेरिरहेको मौकामा अचानक गोली लागेर मृत्यु भएका सहिद गोविन्दनाथ शर्माको शालिकमा माल्यार्पण गरेका हुन् । राज्य र स्थानीयस्तरबाट उपेक्षित रहँदै आएको सो शालिकमा माल्यार्पण गर्ने मन्त्री निधी पहिलो सरकारका उच्च पदस्थ व्यक्ति हुन् ।

सो अवसरम मन्त्री निधिले सहिदको सपना साकार पार्नको लागि पनि अब सरकारले चाडै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताए । संविधान संशोधनमा एमालले गरेको किचलो राष्ट्रिय हित विपरित रहेको भन्दै निधिले देश र जनताले राष्ट्रबादी दल र नेता चिन्नेबेला आएको बताए ।

आजै आयोजित अर्को एक कार्यक्रममा बोल्दै उपतथा गृहमन्त्री निधिले एमाले संघीयता विरोधी भएको आरोप लगाए । शहिद स्मारक अंग्रेजी आवसीय माविको रजतजयन्तीको अबसरमा बोल्दै निधिले एमालेको आवरण राष्ट्रबादका कारण अस्थीर राजनीतिले बढवा पाएको बताए । मन्त्री निधिले एमाले संघीयता विरोधी भएकोले संविधान संशोधनकोे विरुद्धमा नाराबाजी गरेको आरोप लगाए ।

एमालेले प्रदेश ४ को सीमांकन हेरफेर सहितको संविधान संशोधन भए संविधानको सर्वस्वीकार्यता बढ्ने र देशले निकास पाउनुको साथै संघीयराज्यमा जाने देखेपछि एमालले विद्रोह गरेको उनले ठोकुवा गरे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.