प्रगतिशील पत्रकार संघको तेश्रो भेला सम्पन्न, अध्यक्षमा सुवेदी चयन !

गल्कोट २०७३ माघ १६ । गत माघ १४ गते शुक्रवार हटियामा सुरु भएको राष्ट्रिय जनमोर्चा निकट प्रगतिशील पत्रकार संघ नेपाल बागलुङको तेश्रो भेला (अधिवेशन) रेडियो परिवर्तन, बुर्तिवाङका स्टेसन म्यानेजर रामनारायण सुवेदीलाई नयाँ कार्यसमितिको अध्यक्षमा चयन गरी शनिवार सम्पन्न भएको छ ।

तेह्र सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश लोकेन्द्र सुनार, विजय राना, रीता खत्री र प्रकाश छन्तयाल रहेका छन् । सदस्यहरुमा टिकासंगम बिक, शेखर थापा, प्रशान्त घर्ती, मित्र थापा, पवित्रा बुढा, कविता घर्ती, मिलन हमाल र मिना थापा चयन गरिएको छ भने सल्लाहकारमा भाषा शर्मा, टेकबहादुर क्षत्री, नविनप्रताप जिसी, पदम राङखानी र सिर्जना पौडेललाई राखिएको छ ।

नेपाल पत्रकार महासंघ बागलुङको आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भेलाले सर्वसम्मत नेतृत्व छान्न सवै पेशा गत संघसंगठन संग बार्ता र छलफलका लागि रामनारायण सुवेदी, ताराप्रसाद शर्मा, बिजय राना, लोकेन्द्र सुनार र प्रकाश छन्त्याल रहेको बार्ता समिति बनाएको छ ।

२ दिन सम्म संचालित भेलालले बुर्तिवाङमा माघ २१, बरेङमा माघ २२ र बागलुङ बजारमा माघ २३ गते संघको उपशाखा गठन गर्ने निर्णय समेत गरेको छ ।
भेलाको उद्घाटन गर्दै संघका केन्द्रिय सचिवालय सदस्य ताराप्रसाद शर्माले गरेका थिए भने भेला संघका जिल्ला उपाध्यक्ष लोकेन्द्र सुनारको अध्यक्षता, सहसचिव बिजय रानाको स्वागत र सचिव रामनारायण सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.