पर्वत महोत्सव गाईजात्रामा परिणत, लोग्ने स्वास्नी खोज्ने फोहोरी गीतले दर्शक वाक्क !

आयोजकले कलाकारलाई मात्रै पैसा खुवाउने काम गरेको दर्शकहरुको आरोप !

महेन्द्र केसी,पर्वत २०७३ माघ १५ । । पाँचौ पर्वत महोत्सवको आज तेस्रो दिन, महोत्सव आयोजक समितिको फितलो व्यवस्थापन र कमजोरीका कारण दर्शकहरुले सोच अनुसारको महोत्सव नभएको गुनासो गरेका छन् । साँघुरो ठाँउ त्यसमा रमाइलो मेलाको होहल्ला र कलाकाहरुको लोग्नेस्वास्नी खोज्ने गीतका कारण दर्शकहरु वाक्क भएर फर्किन बाध्य भए ।

स्थानीय लोक सांस्कृतिक परम्पराको संरक्षण र प्रर्वद्धनमा पर्वत महोत्सव हुनेछ भन्नेहरु मञ्चमा गाईजात्रा देखेपछी ‘थुक्क, धतुरे हो…’ यस्तोपनि महोत्सव हुन्छ ? यो त जनतालाई ठग्ने गाईजात्रा हो !’ भनी आयोजक/कलाकारलाई सराप्दै दर्शकहरु गन्तव्य तिर लागेको देखियो ।

महोत्सवमा स्थानीय लोकसाँस्कृति, गुरुङ मगर समुदायका लोकनृत्यको प्रस्तुत गर्ने भनिएता पनि कलाकारहरुले दिनभर स्टेज छोडेनन् । विहे गर्ने र लमी बन्ने को को सँग जाने र लाने कलाकारहरुको विहेका कुराले दर्शकको खासै मन भने जित्न सकेन । बाजुङ- ९ कोटथोकबाट मेला हेर्नको लागि आएका डिलबहादुर दमाई महोत्सव ‘भन्ने खसी खाउने फर्सी’ भएको बताए । उनले महोत्सव सोचे अनुसारको नभएको गुनसो गरे ।

महोत्सव परिसर हिलाम्मे र खुट्टा गाडिने थियो, आयोजकले भुस राखेर हिलोलाई हटाउने प्रयास गरेता पनि दर्शकको माग र आवश्यकता र रोजाइलाई भने बुझ्न सकेन ।

तिलाहारकी सिता लामिछानेले महोत्सव सोचे अनुसारको नभएको बताइन । उनले महोत्सवमा रत्यौली र स्थानीय लोकनृत्य हेर्न पाइने सोचका साथ आएता पनि त्यसो नभएको बताइन । उनले कलाकार ल्याएर आयोजकले कलाकारलाई मात्रै पैसा खुवाउने काम गरेको बताईन् ।

देउपुर मखकी तारा गुरुङले आयोजकले टिकट दस्तुर ६० राखेतामा पनि सोही अनुसारको उपलब्धी नभएको गुनासो गरिन उनले टिकटको पैसा बेकारमा खेर गएको बताईन् । झरीले प्रभावित भएको पाँचौ पर्वत महोत्सव अबलोकनकालागि छोराछोरी लिएर शनिबारको मौका छोपी महोत्सवमा आएकाहरु पनि महोत्सवको प्रभावमारिताका बारेमा खासै खुसी देखिएनन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.