पाँचौ पर्वत महोत्सवको आकर्षण : ऊँट, चौँरी, अस्ट्रिच ल्याउने हल्लामात्र ?

महेन्द्र केसी, पर्वत २०७३ माघ १५। बुक्रवार झरीका कारण प्रभावित बनेको पाँचौ पर्वत महोत्सवको तेस्रो दिन आज घमाइलो भएसँगै चलहलपहल शुरु भएको छ तर सोँचे अनुसार भने अझै चहलपहल हुन सकेको देखिदैन । आधा दिन वितिसक्दा पनि महोत्सव परिसरमा दर्शकको चाप न्यून रहेको छ । महोत्सवमा लघुउद्यम र स्थानीय उत्पादनको भन्दा पनि बढि विदेशी सामानहरुको विक्रिवितरणका स्टलहरु रहेका छन् । महोत्सवमा भारतीय र चाइनिज मालसमानको बढी स्टल राखिएका छन् । लघु तथा घरेलु उद्यमको भने १५ वटा स्थल रहेको आयोजकले दाबी गरेको छ ।

पाँचौ पर्वत महोत्सवमा ऊँट, अस्ट्रिच र चौरीको प्रदर्शनी गर्ने बताएको आयोजकले हल्लामात्रै फिजाएको बुझिन् छ । महोत्सवमा अस्ट्रिच, ऊट र चौरी ल्याउनको लागि भनिएको व्यक्ति पुत्र शोकमा परेको र ल्याउन नसकिएको भन्दै आयोजक पन्छिएका छन् ।

त्यस्तै महोत्सवमा प्याराग्लाइडिङको व्यापक प्रचार भएता पनि प्याराग्लाइडिङ भने नहुने देखिएको छ । अर्को आकर्षणका रुपमा रहेको जलयात्रा अर्थात् ¥याफ्टिङको लागि पनि दर्शकले खासै चाँसो देखाएको पाइदैन । जलयात्राको लागि ८ सयको दररेट तोकिएको छ, तर हालसम्म कुनै पनि टिकट विक्रि हुन सकेको छैन ।तर आयोजकले १४ वटा टिकट विक्रि भएको दाबी गरेका छन्।

महोत्सव यहि माघ २२ गतेसम्म संचालन हुनेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *