संविधानमा लेखिएको अधिकार प्राप्त गर्न महिला एक जुट हुन जरुरी !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ माघ १५ । अखिल नेपाल महिला संघ क्रान्तिकारी बागलुङको प्रशिक्षण तथा भेला शनिवार सदरमुकाममा सम्पन्न भएको छ ।

प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रकी सचिवालय सदस्य तथा महिला संघ क्रान्तिकारीकी अध्यक्ष अमृता थापामगरले समानुपातिक र समाबेसीको सिद्धान्त नेकपा माओवादी केन्द्रले लिएकोले अहिले राज्यको प्रमुख स्थानमा महिला रहने वातावरण आएको यस्का लागि सम्पुर्ण महिलाको सहयोग रहेको बताईन । संविधानमा लेखिएको अधिकार कार्यन्वयन गर्न सबै महिला एक जुटहुनु पर्ने उनको भनाई थियो ।

उनले भनिन् महिलाहरु परिवर्तनको प्रमुख संवाहक भएकोले महिला राजनीतिक चेतनामा अग्रसर हुनु पर्छ । स्थानिय चुनाबको मिति घोषणा अबको केही दिनमा हुने र स्थानिय चुनाबलाई मध्य नजर गरेर महिलाहरु अगाडि बढेनु पर्छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक चन्द्र बहादु, बुढा सागर, नेपाल पत्रकार महासंघका बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी , महिला संघ क्रान्तिकारी प्रदेश न ४ कि संयोजक गायत्री गुरुङ ,म्यादी ईन्चार्ज चिनिमाया काला मगर, पर्वत जिल्ला ईन्चार्ज मनरुपा शर्मा ,अखिल क्रान्तिकारीका उपा अध्यक्ष दिवश खत्री पदम, बेपत्ता परिवारकी अध्यक्ष जसोधा शर्माले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम महिला संघ क्रान्तिकारी जिल्ला संयोजक कुशुम बुढाको अध्यक्षता केन्द्रीय सदस्य एवम् सांसद केशरी घर्तीको स्वागत र ईन्चार्ज भविकला रोका घर्तीको संचालनमा सम्पन्न भएको थियो ।

भेलाले ६५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति बनाएको छ । समितिको ईन्चार्ज भविकला रोका अध्यक्ष कुसुम बुढा उपाध्यक्ष केशरी घर्ती र टीका विक रहेका छन् । समितिलाई महाधिवेशन आयोजक समिति सदस्य कृष्ण केसीले बधाई दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.