कमल पौडेल, बागलुङ (खर्वाङ) २०७३ माघ १५ । नेकपा एमाले बागलुङको संगठन सुदृढिकरण अभियान अन्तर्गत गाउँ कमिटि दगातुन्डाडाको विस्तारित वैठक खर्वाङमा सम्पन्न भएको छ ।
वैठकले गाउँकमिटिको निर्णयलाई छिटो छरितो वनाउन सचिवालय गठन गर्ने, आर्थिक कृयाकलाप पार्दशि गराउन पार्टिको खाता सञ्चालन गर्ने, सवै आर्थिक गतिविधि वैंकिङ प्रणालीवाट मात्रै गर्ने, लगाएतलका निर्णयहरु गरेको छ । त्यस्तै अनेरास्ववियूको माघ २२ गते हुने जिल्ला भेला तथा युवा संघको माघ २९ गते हुने जिल्ला भेलामा प्रतिनिधि पठाउने, सहित पार्टी काम व्यवस्थित गर्न कार्ययोजना समेत पास गरेको छ ।
वैठकमा जिल्ला कमिटि उपसचिव विष्णु भुसाल, जिल्ला कमिटि सचिवालय सदस्य शान्ति अधिकारी, जिल्ला कमिटि सदस्य विना थापा, जिल्ला निर्वाचन कमिटि उपाध्यक्ष प्रमोद शर्मा, सदस्य लक्ष्मण वराल लगाएतको सहभागिता रहेको थियो ।
वैठक नेकपा एमाले गाउँ कमिटि अध्यक्ष रेम वहादुर भुजेलको अध्यक्षता, उपाध्यक्ष विष्णु केसिको स्वागत मन्तव्य तथा सचिव प्रयास शर्माको संचालनमा सम्पन्न भएको थियो।