खर्वाङमा ईलाकास्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न : सडक निर्माणलाई प्राथमिकता !

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७३ माघ १५ । जिल्ला विकास समिति बागलुङको आयोजनामा खर्वाङमा सम्पन्न भएको इलाका नं. ११ को योजना तर्जुमा गोष्ठीमा सडक निर्माणलाई प्राथमिकता दिएको छ ।

गोष्ठीले जिविस अन्तर्गतको ग्रामिण सडकमा ग्वालीचौर जोगिवगरवाट सुरु भई जलजला रणसिंह किटेनी जाने सडकलाई पहिलो प्राथमिकता तथा भिमगिठे ४ को इदिखोला देखि ७ को खैरेनी जोड्ने मोटरवाटोलाई दोश्रो प्राथमिकतामा पारेको छ ।

त्यस्तै क्रमागत तर्फको ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रम अन्तर्गत टाकर टुनीखोला खानेपानी योजना दगातुन्डाडा १ लाई पहिलो प्राथमिकता तथा तल्लो असारे खानेपानी भिमगिठे ६ लाई दोश्रो प्राथमिकतामा पारेको छ ।

त्यस्तै निर्वाचन क्षेत्र पूर्वाधार तर्फ ग्वालीचौर जलजला शिसाखानी मोटरवाटो, राक्से जिमी दगा मोटरवाटो र बल्घास नयाँगाउँ रानीचौर दर्लिङ मोटरवाटोलाई प्राथमिकतामा राखेको छ ।

तर्जुमा गोष्ठीवाट भिमगिठे र दर्लिङमा झोलुंगे पुल, ग्वालीचौर, जलजला, र दर्लिङ मा विद्यालय भवन, सडक डिभिजन कार्यालय वाट संचालन हुने सडक दर्लिङ देउराली, जलजला तथा दगा सक्न्यार प्राथमिकतामा परेका छन् ।

गोष्ठीले विभिन्न विषयगत शिर्षक अन्तर्गत दुई दर्जन वढि योजनाहरुलाई प्राथमिकीकरण गरि पठाएको छ । योजनाको प्राथमिकीकरणका आधारहरु तथा कार्यक्रमका वारेमा जिल्ला विकास समिति बागलुङका सामाजिक विकास अधिकृत भेषराज शर्माले सहजिकरण गरेका थिए ।

सो इलाका गोष्ठको उद्घाटन कार्यक्रममा नेपाली काग्रेसका गण्डकी थापा अधिकारी, नेकपा एमालेका विष्णु भुसाल, नेकपा माओवादी केन्द्रका जित वहादुर थापा, राष्ट्रिय जनमोर्चाका भिमसेन वन लगाएतले बोलेका थिए ।

कार्यक्रम जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत शर्माको अध्यक्षता, दगातुन्डाडा गाविस सचिव एवं अध्यक्ष गीता पौडेलको स्वागत मन्तव्य तथा जिल्ला विकास समितिका पुरुषोत्तम गौतमको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.