Sorry, that menu does not exist.
 

माओवादीले देबेन्द्र पौडेललाई संघको उमेदवार बनाएपछी पार्टी भित्रैबाट भयो तीब्र बिरोध !

माओवादी कार्यकर्ताहरुबाट काँग्रेसका उमेदवार निरज पुनलाई अग्रिम बधाई दिन सुरु !

बागलुङ २०७४ कात्तिक ४ । बागलुङ क्षेत्र २ को प्रतिनिधी सभा सदस्यमा नेकपा एमाले र माओवादीको साझा उमेदवारको रुपमा बागलुङ क्षेत्र नं १ बागलुङ नगरपालिका साबिक अमलाचौर गाविसका माओेवादी नेता देवेन्द्र पौडेलको नाम घोषणा भए लगत्तै माओवादीका स्थानीय नेता र कार्यकर्ताहरुबाट तीबै बिरोध सुरु भएको छ ।

प्रतिनिधी सभा सदस्यमा माओवादीका जिल्ला नेता चन्द्रबहादुर बुढा सागरले पाउने निश्चित जस्तै भएको कार्यकर्तहरुले बताई रहँदा सागरलाई प्रदेश सभामा थन्काएर पौडेललाई प्रतिनिधी सभामा माओवादीले उमेदवार बनाएपछी निजको नाम फिर्ता लिन कार्यकर्ताहरु खुलेरै सडकमा उत्रिएका छन् । यति सम्मकि माओवादीका स्थानीय हस्तीहरुले नै काँग्रेसलाई जिताउन फेसबुक प्रचार अभियान छेडी सकेका छन् र नेपाली काँग्रेसका उमेदवार नरबहादुर पुन निरजलाई बधाई छ निरजजी भनेर स्टाटस लेखि पनि सकेका छन् ।

आयातित उमेदवारको बारम्बार विरोध गर्दै आएका दुई नम्वर क्षेत्रका एमाले माओवादी कार्यकर्ताहरु पौडेलको बिरुद्ध खनिएका हुन् ।

माओवादीको भागबण्डामा परेको बागलुङ क्षेत्र नं २ को उमेदवारमा बाबुराम भट्टराईको नयाँशक्तिबाट माओवादी प्रवेश गरेका पौडेललाई बनाउँदा यस क्षेत्रका बाम मतदाताको सेन्टिमेन्ट उनि विरुद्ध देखिएकाले निर्वाचनमा सफलता पाउन असम्भव जस्तै रहेको एमाले र माओवादीका स्थानीय नेता कार्यकर्ताहरुले बताएका छन् । उनिहरुले तुरुन्त पौडेलको नाम सच्याउन माग गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply