साताको तस्वीर : पर्यटकीय गाउँ ‘भकुण्डे !’

बागलुङ सदरमुकामसंग जोडिएको भकुण्डे गाविस पर्यटकीय दृष्टिकोणले जिल्लाकै महत्वपूर्ण स्थल हो । यहाँबाट माच्छापुच्छ, अन्नपूर्ण, निलगिरी, धौलागिरी लगायत थुप्रै हिमश्रृङ्खलाहरु अवलोकन गर्न सकिन्छ । एक चोटी जानै पर्ने पर्यटकीय गाउँ भकुण्डे प्रचार प्रसारमा अझै ओझेलमा छ । यस्को समुचित प्रचार प्रसार हुन सके आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बृद्धि हुने निश्चित छ ।

भकुण्डेको माथिल्लो भागबाट सूर्योदयको मनोरम दृश्य हेर्न थुप्रै आन्तरिक तथा बाह्य पर्यटकहरु त्यहाँ पुग्ने गर्छन । मगर जनजातिको बाहुल्यता रहेको भकुण्डेमा होमस्टेको पनि सुविधा उपलव्ध छ ।

पर्यटकहरुलाई लक्षित गरी स्थानीय गाविसको सक्रियतामा भ्यू टावर निर्माण भएको छ । जमानामा भूरे-टाकुरे राजाहरुको वासस्थान रहेको भकुण्डेमा धान कुट्ने ओखल, पोखरी लगायतका ऐतिहासिक स्थलहरु पनि हेर्न लायक छन् ।

भकुण्डेको माथिल्लो भागमा रहेको मगरवस्तीबाट देखिने धौलागिरी हिमश्रृंखलाको मनोहर दृश्य ।

तस्वीर- ईबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *