काठमाडौ २०७४ कात्तिक ४ । पूर्व राजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै ‘एउटा जिम्मेवार नागरिकको हैसियतले मलाई देशको चिन्ता र चासो हुनु स्वभाविकै छ’ भन्दै अब समय आए जस्तो छ, जनताले जिम्मेवारी दिए म नेतृत्व लिन तयार छु। तर, सबै जनताको इच्छा हुनुपर्छ’ भनि बताएका छन् ।
भाईटीकाको दिन कान्छी वहिनी पूर्व अधिराजकुमारी शोभा शाहीको हातबाट टीका ग्रहण गरेपछी पत्रकारहरुसंग संक्षिप्त कुरागर्दै, आफूले नेतृत्व लिनका निम्ति सबै जनताले चाहनुपर्ने दोहोराए । राजा ज्ञानेन्द्रले भने, ‘देशको परिस्थिति र समय आएको छ, म फेरि दोहोर्याउछु तर, सबैले चाहनु पर्दछ ।
‘देशको परिस्थिति अन्त्यन्तै नाजुक अवस्थामा छ, नेतृत्व नभा जस्तो देखिएको छ। अहिले परिस्थिति कस्तो छ भनेदेखिन्, दुबो, मखमली र गोदावरी फूलको मालाको महत्व नबुझ्ने तर, कागजको फूलको सुवास खोज्ने, त्यो परिस्थितिमा हामी हिडिराखेको जस्तो लाग्छ मलाई’ भन्दै
पूर्वराजा ज्ञानेन्द्रले चिन्ता समेत व्यक्त गरे ।
‘सबै जनताको इच्छा हुनुपर्छ र यो कुरा गर्दा फेरि सक्रिय भयो भन्ने कुरा निस्केला। यो सक्रिय हुने र नहुने बेला होइन’, उनले भने, ‘देशको परिस्थितिले मागेको समय आए जस्तो लाग्छ।
पूर्व राजा ज्ञानेन्द्रले भने, तिहार परिवारमा बस्ने र खुशीयाली मनाउने पर्व भएकोले खुशी भएर बस्न सबैलाई आग्रह गर्दछु । ‘आजको दिन परिवारसँग बस्ने दिन हो र परिवारसँग रमाइलो गरेर बस्ने दिन हो, यो दिनमा सुरक्षित साथ रहनुहोस् खुशी भएर बस्नुहोस्, तर, जिम्मेवार सबै नागरिकलाई मैले भनेको कुरामा पनि ध्यान दिनुहोस् भन्ने कुरा आग्रह गर्दछु।’