सुनको ब्रासलेट चोरी गर्ने पोखरा म्याग्दी चोककी युवती पक्राउ !

पोखरा, २०७३ माघ १४ । काठमाडौँ महानगरपालिका–२५ विशाल बजारको भुई तलामा रहेको रामकृष्ण गोयलले संचालन गरेको शालिमार ज्वेलर्सबाट सुनको ब्रासलेट चोरी गरी फरार रहेकी कास्की पोखरा म्याग्दी चोक बस्ने ३५ बर्षीया बिमला पुनलाई प्रहरीले पक्राउ गरेको छ ।

गत माघ १२ गते ग्राहक बनी आएकी पुनले सवा १ तोलाको ब्रासलेट चोरी गरी फरार भएकोमा विहिबार सोही स्थानको शुभलाभ ज्वेलर्समा सुनका गरगहना हेरीरहेको अवस्थामा महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको टोलीले शालिमार ज्वेलर्सबाट चोरी गरेको ब्रासलेट १ थान , नक्कली सुनका जस्तो देखिने ब्रासलेट १ थान , नेक्लेस १ थान १ र सिक्री १ थान सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.