नेपालमा कलमको लडाइँ भएकोले कलम पेचिलो बनाउन पत्रकारलाई गुरुङको सल्लाह !

खगेन्द्र विश्वकर्मा, पोखरा२०७३ माघ १४ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य देब गुरुङलेनेपालमा बाह्य शक्तिबमे नेपाली राजनीतिमा सहमति हुन नदिने चलखेलमा लागेकोले अहिले पत्रकारहरुले राष्ट्रियताको बिषयमा कलम चलाउन आवश्यक रहेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल ४ नम्बर प्रदेश समितिको पोखरामा भएको बैठक तथा प्रशिक्षणमा बोल्दै केन्द्रीय सदस्य गुरुङले नेपालमा कलमको लडाइँ भएकोले कलम पेचिलो बनाउने तर्फ लाग्नु पर्ने सल्लाह दिए ।

अहिले राष्ट्रियता बचाउन सबै पत्रकार संगठनहरु मिलेर जानुपर्ने बताउदै साम्राज्यवादको विरुद्धमा र राष्ट्रियताको बारेमा कलम चलाउन आग्रह गरे ।

उनले राष्ट्रियताको सवालमा चीन र अमेरिकाको टकराव भएकोले नेपालको भूमिलाई प्रयोग गर्न साम्राज्यवादी र विस्तारबादी नेपालमा हालिमुहाली गर्न खोजेका र दलालमा रुपमा काँग्रेस एमाले पुजिबादको रुपमा एनजिओको रुपमा लागेको सप्ष्ट पारे ।

प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले प्रेस सेन्टर जनताको कलमको सिपाहि भएको बताए। संचारमन्त्रीका प्रस सल्लाहकार राजेन्द्र किराँती ,उपाध्यक्ष गोविन्द आचार्य ओम शर्मा ,लक्ष्मी पुन, सल्लाहकार पदम रेग्मी ,केन्द्रीय सचिव कोविन्द्र शर्मा, गोमा घिमिरे ,पार्टीका केन्द्रीय सदस्य कमलनाथ शर्मा लगायतले बोलेका थिए ।

कार्यक्रम अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षता उपाध्यक्ष राम प्रसाद तिमिल्सिना र सचिव अर्जुन को संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *