इलाका नं. १२ को इलाका गोष्ठि बोँगादोभानमा सम्पन्न !

बुर्तिवाङ २०७३ माघ १४ । जिल्ला विकास समिति इलाका नं. १२ अन्तर्गत पर्ने गाविसहरु खुंगा, तमान, खुंखानी र बोंगादोभान गाविसको इलाका गोष्ठि आज बोंगादोभान गाउ ँविकास समितिमा सम्पन्न भएको छ । गोष्ठिले आर्थिक वर्ष २०७४÷०७५ को लागी योजना तर्जुमा गरेको छ ।

जिल्ला विकास समितिको आयोजनामा सञ्चालन भएको उक्त गोष्ठिमा त्यहाँका स्थानीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवि, बुद्धिजिबि, दलित, महिला, जनजाति, अपांगता भएका नागरीकहरु, विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख एवम प्रतिनिधि, शिक्षक विद्यार्थी, विभिन्न वडा नागरीक मञ्चका प्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थीति रहेको थियो ।

गोष्ठिले इलाका स्तरमा रहेका ४ गाविस अन्तर्गत गाउँ विकास समितिका गाउँ परिषद्ले समेट्न नसकेका योजनाहरु तथा विषयगत कार्यलयसंग सम्वधित अन्य विकाश निर्माणका योजनाहरु छनोट र प्राथमिकिकरण गरी जिल्ला परिषदमा लैजाने सहमती गरेको छ । जस अन्तर्गत सड्क तर्फ खुंगा, देउराली, तमान हुदै सोले जोड्ने मोटरबाटो मर्मत, संभार तथा निर्माण योजनालाई पहिलो प्राथमिकतामा राखिएको छ भने धाईबाङ, लकुरवन हुदै पाण्डवखानी जोड्ने मोटरबाटो मर्मत संभार एवम निर्माण योजनालाई दोस्रो प्राथमिकतामा राखिएको छ ।

यस्तै झोलुंगेपुल तर्फ खुंगा गाविस वडा नं. ७ लाम्पाता घाट झोलुंगेपुललाई पहिलो प्रथमिकतामा राखिएको छ भने तमान गाविस वडा नं. २ र ६ जोड्ने झोलुङगेपुल निर्माण योजनालाई दोस्रो प्राथमिकतामा राखिएको छ । साथै अन्य लक्षित वर्ग एवम समुदाय लगायतका विषयगत योजनाहरु छनोट गरि प्रथमिकिकरण गरिएको खुंगा गाविसका सामाजिक परिचालक मनोज कुमार विश्वकर्माले बताए ।

जिल्ला विकास समितिका योजना शाखा अधिकृत प्रेम प्रसाद सापकोटाको अध्यक्षतामा सुरु भएकोे कार्यक्रममा जिल्ला विकास समितिका ( एल.जि, सि, डि, पि ) कार्यक्रम संयोजक गिता श्रीष, नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य रविन्द्र बुढाथोकी, नेकपा एमाले जिल्ला कमिटि सदस्य उदिम छन्त्यल, नेकपा माओबादी केन्द्रका देव बहादुर पुन, राष्ट्रिय जनमोर्चाका तिलक पुन, नेकपा क्रान्तीकारी माओबादीका प्रतिनिधि गोकुल प्रसाद अर्गेजा, जिल्ला विकास कार्यलयका प्रतिनिधि लिला बुढाथोकी, प्रहरी चौकी बोंगादोभानका प्रमुख विष्णु प्रसाद मिश्र, दलित प्रतिनिधि अन बहादुर विक, जनजाति प्रतिनिधि भवानी संकर पुन, महिला प्रतिनिधि स्याम कुमारी जिसी साथै गाविस सचिवहरु बोंगादोभानका सचिव कमल प्रसाद भुर्तेल, खुंखानी र तमानका सचिव शिव रिजाल, खुंगाका सचिव विष्णु प्रसाद शर्मा लगायतको उपस्थीती रहेको बताईएको छ । बोंगादेभान गाविसका सचिव कमल प्रसाद भुर्तेलको स्वागत मन्तब्य बाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन जिल्ला विकास समितिका एल. जि. सि. डि. पि कार्यक्रम संयोजक गिता श्रीसले गरेकी थिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.