थामिएन बागलुङ नगरपालिकाको विरोध, जिल्ला प्रशासनमा हस्ताक्षर सहितको निवेदन !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ माघ १३ । बागलुङ नगरपालिका कार्यलयले नगरबासीहरुको मागलाई सम्वोधन नगरेपछी विहीवार जिल्ला प्रशासन कार्यालयमा हस्ताक्षर सहितको ज्ञापनपत्र बुझाएका छन्।

नगरपालिका कार्यलयले नगरवासीहरुको नक्सा पास लगाएतका अन्य विभिन्न विषयमा सुनुवाई नगरेको भन्दै बिहिवार नगरवासीहरु नारा जुलुस सहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

जिल्ला प्रशासन कार्यालयमा नगर सुधारौं अभियान समितिका संयोजक पद्मचन्द्र राजभण्डारीले बागलुङ नगर पालालिका कार्यलव्दारा आम नगरवासीहरु माथी गरेको ज्यादतीको जिरोधमा विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु अगाडी बढेको र यसै सन्दर्भमा चांडो सरोकारवालाहरु संग वार्ताको वातावरण बनाई यसको निकास दिनको लागी दवाव स्वरुप आम पीडित नगरवासीहरुको हस्ताक्षर संकलन गरी यो निवेदन बुझाएको बताए ।

नगरवासीले दिएको हस्ताक्षर सहितको निवेदन बुझदै यस्लाई तत्काल स्थानीय विकास मन्त्रालयमा पु¥याउने प्रशासकीय अधिकृत कृष्णराज गौतमले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *