लक्ष्मी हुन्डाई मनाङ्ग मस्र्याङ्गदी क्लब फाईनलमा प्रवेश !

कविता घर्तीमगर, पोखरा २०७३ माघ १३ । पोखरा रंगशालामा जारी १५औं आहा रारा गोल्डकपमा लक्ष्मी हुन्डाई मनाङ्ग मस्र्याङ्गदी क्लब फाईनलमा प्रवेश गरेको छ ।

बिहीवार भएको अन्तिम सेमीफाईनल खेलमा सि.एम.जी क्लब संकटालाई १–० गोल अन्तरले हराउदै मनाङ्गले फाईनलमा आयोजक सहारा संगको भेट पक्का गरेको हो । पहिलो हाफ बराबरीमा सकिएको खेलमा ८६ औं मिनेटमा मनाङ्गका ओलावालेले गोल गरका थिए ।

खेलको ६३ औं मिनेटमा संकटाका सुशिल के.सीले रातो कार्ड पाएपछी संकटा १० खेलाडीमा सिमित भएको थियो । बिहीवारको खेलमा मनाङ्गका रोहित चन्द म्यान अफ द म्याच भए ।
फाईनल खेल शनिवार पोखरा रंगशालामा हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख एक हजार एक नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले दुई लाख ५१ हजार एक रुपैया नगद पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई एक थान हिरो स्कुटर प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट गोलकिपर , डिफेन्स, मिडफिल्ड, स्ट्राईकर र प्रशिक्षकलाई जनही १५ हजार रुपैया नगद प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार रुपैया प्राप्त गर्नेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *