खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ माघ १३ । अखिल क्रान्तीकारी विद्यार्थी संगठनले धौलागिरी वहुमुखी क्याम्पसमा विहिवार प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रशिक्षण दिदै अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष दिवश खत्री पदमले अखिल क्रान्तिकारी वलिदान त्याग समर्पणले जन्मिएको संगठन भएकोले हामीले सधै गरिवको छोराछोरीको प्रतिनिधीत्व गर्दै आएका छौ त्यसैले हामी जनताको छोराछोरी सवै अखिल क्रान्तिकारी भन्ने नारा लिएको बताए । उनले आगामी फागुन १४ गते स्ववियु निर्वाचनको मितिको घोषण संगै क्याम्पसमा उमेरको हदबन्धी तथा स्ववियु निर्वाचनको लागी आफुहरुले सांगठादनक रुपमा महत्वपुर्ण भुमिका खेलेर उमेरको हक वन्धी पास गराएको बताए। उमेरको हदवन्दीमा २८ बर्ष ननाघेकोले मात्र स्ववियुको चुनावमा उम्मेदवारी दिन पाउने भएपछी मात्र क्याम्पसका सच्चा विद्यार्थीलेनै नेतृव्त गर्ने सुन्दर अवसर प्राप्त गर्ने बताए।
कार्यक्रममा त्रिवि शिक्षक कर्मचारी संगठनका होम बहादुर थापा लागएतले बोलेका थिए ।
कार्यक्रम अखिल क्रान्तिकारी विद्यार्थी संगठनका प्रदेश नं ४ का ईन्चाज प्रदिप थापाको अध्यक्षता प्रेस सेन्टरको सचिव खगेन्द्र विश्वकार्माको स्वागत र धौलागीरी बहुमुखी क्याम्पस अखिल क्रान्तिकारीका अध्यक्ष जीवन शर्माको संचालनमा सम्पन्न भएको थियो ।
साथै धौलागीरी बहुमुखी क्याम्पसका ५४ औ वार्षिक उत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रमहरु विहिवार देखी सुरु भएको छ ।
क्याम्पसमा को ५४ औ बार्षिक उत्सव यही १३ गते देखी १८ गते सम्म भलिवल, वास्केतवल, टेवल टेनीस, गलज प्रतियोगिता, वत्तित्वकाला प्रतियोगीता लागयतका विभिन्न कार्यक्रमहरु संचालन हुने भएको छ । जसमध्य विहीवार पुरुष भलिवल खेलको उत्घाटन क्याम्पस प्रमुख राप प्रसाद उपाध्ययले गरेका थिए ।
भलिवलमा व्यावस्थापन संकाल र शिक्षा शास्त्रका विद्यार्थी खेलाडीहरुको सहभागीता रहेको थियो । भलिवल खेलमा पुरुषकतर्फ ६ टिम र महिला तर्फ ६ टिम गरी १२ टिममको सहभागीता रहेको जीवन शर्माले जानकारी दिए ।्